भोट हाल्न नजाने, चुपचाप बस्ने नेतालाई सम्मान गरौँ : कांग्रेस केन्द्रीय सदस्य शम्भु बुढाथोकी
वि.सं.२०८२ चैत ८ आइतवार १९:२१

काठमाडौं- नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा हालै सम्पन्न प्रतिानिधिसभा निर्वाचनमा असहयोग गर्ने नेताहरूलाई कारबाही नगर्ने भए सम्मान गर्न प्रस्ताव गरिएको छ ।
फागुन २१ को निर्वाचनको समीक्षा र सभापति गगनकुमार थापाको राजीनामा केन्द्रित बैठकमा बोल्नेक्रममा केन्द्रीय सदस्य शम्भु बुढाथोकीले यस्तो प्रस्ताव गरेका हुन् ।
उनले पटक-पटक मन्त्री भएका, फाइला लिएकाहरूले नै भोट नहालेकोमा आक्रोश व्यक्त गरे । ‘पटक-पटक फाइदा लिएका सांसद र मन्त्री भएका मानिसहरू साथीहरूले पनि भोट हाल्नुभएन, चुनावमा साइलेन्ट बस्नुभयो,’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले उनलाई उदृत गर्दै भने, ‘तिनीहरू सधैँभर पार्टीविरूद्ध लाग्ने भए र कारबाही नगर्ने भए सम्मान गरौं ।’
केन्द्रिय सदस्य बुढाथोकी फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा बारा क्षेत्र नं. १ का प्रत्यासी हुन् ।
आजको बैठकमा पनि अधिकांशले सभापति गगनकुमार थापाको राजीनामा विधान बमोजिम भए पनि अस्वीकृत गर्नुपर्ने बताएका छन् ।
वि.सं.२०८२ चैत ८ आइतवार १९:२१















