skip this

पत्रकार मृत्यु प्रकरण : चाैतर्फी दबावपछि सिभिल अस्पतालले गठन गर्याे छानविन समिति

1.2K shares
oil-nigam-amlekhgunj-adv.jpeg

पत्रकार लालबहादुर विश्वकर्मा ‘एलबी’ को मृत्यु प्रकरणलाई लिएर नेपाल पत्रकार महासंघ, श्रमजीवि पत्रकार संघ नेपाल, राष्ट्रिय दलित पत्रकार संघ नेपाल, समाजवादी प्रेस संगठन नेपाल, नेपाल पत्रकार महासंघ एशोसिएट प्रदेश समिति र प्रेस काउन्सिल नेपालकाे चाैतर्फी दबाव पछि नयाँबानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)ले उपचारमा भएकाे लापरवाहीबारे ४ सदस्यीय छानविन समिति गठन गरेकाे छ।

भिडियाे…..

एक सूचना जारी गर्दै सिभिल अस्पताल)ले यस्ताे जानकारी दिएकाे हाे। छानविन समितिमा प्रमुख इमरेजेन्सी विभाग प्रा.डा. दिनेश कुमार लम्साल, उपसचिव कृष्ण सापकाेटा, शाखा अधिकृत भेषराज घिमिरे, इन्चार्ज क्यास काउन्टर भेष बहादुर बस्नेतलाई पत्रकार विश्वकर्माकाे घटना सम्वन्धमा अध्ययन तथा छानविन गरी सत्यतथ्य विवरणसहित तीन दिन भित्र प्रतिवेदन गर्न छानविन समिति गठन गरेकाे छ ।

पत्रकार एलबी विश्वकर्माको उपचारमा लापरवाही भएको र आर्थिक अभावमा उपचार प्रभावित भएको खबर बाहिरिएपछि संघले शुक्रबार विश्वकर्मा कार्यरत टेलिभिजन प्रशासन र उपचार गरिएको सिभिल हस्पिटल प्रशासनलाई पत्रकार विश्वकर्माको उपचारमा लापरबाही गरिएको भन्दै श्रमजीवी पत्रकार संघले संघ सिभिल अस्पतालको ध्यानाकर्षण गराएको थियाे ।

श्रमजीवि पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष जन्मदेव जैसीको नेतृत्वमा रहेको पत्रकारको टोलीमा संघका केन्द्रीय सदस्य केशव भुल नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शिवराज खत्री, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य महेश्वर अधिकारी, फरक नेपाल डटकमका डेक्स सम्पादक गणेश विकलगायत सहभागि थिए ।

याे पनि………….

https://faraknepal.com/8607

https://faraknepal.com/8567

https://faraknepal.com/8478

https://faraknepal.com/8436

https://faraknepal.com/8375

nijgadh-supermart-adz1200-630