skip this farak Kura Pravakar

एसईईमा निजगढको उर्तिण प्रतिशत ४०.०७ ! बकैया ठाकुर नगर प्रथम, अरु कसको कति प्रतिशत ?

396 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा बाराको निजगढ–८ स्थित श्री बकैया ठाकुर माध्यमिक विद्यालय निजगढ नगरपालिककै उत्कृष्ठ भएको छ ।
बकैया ठाकुरले ८८.८९ ग्रेडेड प्रतिशत नतिजा ल्याएको छ ।

सार्वजनिक गरिएको विवरण अनुसार विद्यालयबाट कुल ३६ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।

नतिजा अनुसार उच्च श्रेणी (GPA 3.6–4) मा ३ जना विद्यार्थी उत्तीर्ण भएका छन् भने GPA 3.2–3.6 समूहमा ४ जना विद्यार्थी रहेका छन् । त्यस्तै GPA 2.8–3.2 मा ११ जना र GPA 2.4–2.8 मा सबैभन्दा बढी १४ जना विद्यार्थी उत्तीर्ण भएका छन्।

यद्यपि, ४ जना विद्यार्थीले ‘NG’ (No Grade) प्राप्त गरेका छन्, जसले उनीहरूलाई थप सुधारको आवश्यकता रहेको देखाएको छ ।

विद्यालयका प्रधानाध्यापक हिमेश घिमिरेका अनुसार यस वर्षको नतिजा सन्तोषजनक रहेको बताइएको छ। आगामी दिनमा अझ राम्रो शैक्षिक उपलब्धि हासिल गर्न शिक्षक, अभिभावक र विद्यार्थीबीच सहकार्यलाई थप मजबुत बनाइने विद्यालयले जनाएको छ।

त्यसैगरि निजगढ–९ स्थित होलि एन्जेस सेकेन्डरी बोडिङ्ग स्कुल दोस्रो भएको छ । होलि एन्जेस ले ७८.५७ प्रतिशत नतिजा ल्याएको छ ।

त्यसैगरि निजगढ–७ स्थित विद्यासागर सेकेन्डरी बोडिङ्ग स्कुल तेस्रो भएको छ । विद्यासागर ले ५९.३२ प्रतिशत नतिजा ल्याएको छ ।

त्यसैगरि निजगढ–७ योजनास्थित नेत्रदय माध्यमिक विद्यालय ४८.१५ प्रतिशत, निजगढ–८ स्थित श्री गौरीशंकर माध्यमिक विद्यालयले ४०.११ प्रतिशत नतिजा ल्याएको छ ।

त्यसैगरि निजगढ–५ बागदेवस्थित सार्वजनिक माध्यमिक विद्यालयले ३४.२५ प्रतिशत नतिजा ल्याएको छ ।

त्यसैगरि निजगढ–१० लालस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले ३०.७७ प्रतिशत नतिजा ल्याएको छ ।

त्यसैगरि निजगढ–६ सडकटोलस्थित श्री गौरीशंकर माध्यमिक विद्यालयले २५.३२ प्रतिशत, निजगढ–१ सिंगौलस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले २२.२२ प्रतिशत र निजगढ–११ रतनपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले १२.६० प्रतिशत नतिजा ल्याएको छ ।

निजगढ नगरपालिका शिक्षा शाखाका अनुसार नगरमा ६ सय ४ जना विद्यार्थी एसईईमा सामेल थिए ।

निजगढका १० वटा विद्यालयका सहभागि भएकोमा दुई सय ४२ जना ग्रेडेड भएको र यो वर्ष ४०.०७ प्रतिशत नतिजा ल्याएको शाखा प्रमुख उत्तम लामिछानेले जानकारी दिए ।

३२ जना विद्यार्थीले ३.६ भन्दा माथि ग्रेड प्राप्त गरेका छन् । जसमा निजगढ–८ स्थित सामुदायिक विद्यालय श्री गौरीशंकर माध्यमिक विद्यालयकी प्रश्ना लामाले ३.९१ जीपीए ल्याएर नगरकै प्रथम स्थान हासिल गरेकी छन् ।

गत वर्ष ३४.४१ प्रतिशत विद्यार्थी उर्तिण भएका थिए । जसमा ३.६ भन्दा माथि ग्रेड प्राप्त गर्ने विद्यार्थी २४ जना थिए ।

nijgadh-supermart-adz1200-630