बारामा करेन्ट लागेर १८ वर्षीय युवकको मृत्यु
वि.सं.२०८३ साउन २५ सोमवार १८:२१

बारा-बाराको फेटा गाउँपालिका–७ कुकुरभुक्कामा करेन्ट लाग्दा १८ वर्षीय युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय लक्ष्मी साह तेलीका छोरा गणेश साह तेली रहेका छन् ।
प्रहरीका अनुसार सोमबार दिउँसो शिवगुरुको पूजा गर्ने तयारी भइरहेका बेला घटना भएको हो । पूजा कार्यक्रमका लागि भजन बजाउन प्रयोग गरिने स्पिकरको एम्प्लिफायर विद्युत् बोर्डमा जोड्ने क्रममा गणेशलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्याइएको थियो । तर, चिकित्सकले दिउँसो १२ बजेर ३८ मिनेटमा ईसीजी परीक्षणपछि मृत घोषणा गरेका थिए ।
घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय छतवाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
वि.सं.२०८३ साउन २५ सोमवार १८:२१

















