skip this

सामुदायिक वन दिवस २०८३ को अवसरमा पर्यटकीय क्षेत्र जाँतेकुनामा बृक्षारोपण

84 shares
oil-nigam-amlekhgunj-adv.jpeg

निजगढ–“वनको दिगो व्यवस्थापन र सामुदायिक अधिकारः सुशासन र हरित अर्थतन्त्र समृद्धिको आधार, अबको सामुदायिक वन युवा सहभागिता, हरित अर्थतन्त्र दिगो व्यवस्थापन भन्ने नारासहित सामुदायिक वन दिवस २०८३ को अवसरमा डिभिजन वन कार्यालय बाराको समन्वय र सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ बारा, नगर महासंघ, निजगढ सामुदायिक वन उपभोक्ता समुहहरुको संयुक्त आयोजनामा बृक्षारोपण गरेर मनाईएको छ ।

बाराको निजगढ–६ स्थित श्री जनसिर्जशील सामुदायिक वन उपभोक्ता समुहको पर्यटकीय क्षेत्र जाँतेकुनामा आयोजित बृक्षारोपण कार्यक्रममा निजगढ सव डिभिजन कार्यालयकी प्रमुख वन अधिकृत सर्मिला नेपाल, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ बाराका अध्यक्ष रामजीप्रसाद बजगाईले मन्तव्य व्यक्त गरेका थिए ।

वडा नं. ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिना, सामुदायिक वन उपभोक्ता महासंघ निजगढ नगर अध्यक्ष कुशबहादुर थापा लगायत महासंघ निजगढस्थित सामुदायिक वन समुहका अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता रहेको कार्यक्रमको सहजिकरण सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ बाराका सचिव दिपक श्रेष्ठले गरेका थिए ।

nijgadh-supermart-adz1200-630