skip this

स्थानीय सल्लाको काठबाट ललितपुर डिभिजन वन कार्यालयमा डिभिजनल वन अधिकृतको कार्यकक्ष

78 shares
oil-nigam-amlekhgunj-adv.jpeg

ललितपुर–डिभिजन वन कार्यालय ललितपुरमा स्थानीय रूपमा उपलब्ध सल्लाको काठ प्रयोग गरी डिभिजनल वन अधिकृतको कार्यकक्ष तयार गरिएको छ । स्वदेशी उत्पादन र स्थानीय स्रोतको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले सल्लाको काठबाट कार्यालयका फर्निचर तथा कार्यकक्ष तयार गरिएको हो ।

कार्यालयले स्थानीय उत्पादनको प्रयोगमार्फत स्वदेशी काठ तथा काष्ठजन्य सामग्रीको प्रवर्द्धन गर्न सकिने सन्देश दिएको छ । कार्यालय प्रमुख डिएफओ संयोग बस्नेतका अनुसार स्थानीय सल्लाको काठबाट बनेका फर्निचर टिकाउ, बलियो र वातावरणमैत्री हुनुका साथै स्थानीय उत्पादनको प्रवर्द्धनमा समेत सहयोगी हुन्छन् ।

‘सुरुवात आफैँबाट गरौँ, स्वदेशी उत्पादन रोजौँ’ भन्ने सन्देशसहित कार्यालयले विदेशी एल्युमिनियम तथा प्लास्टिकका सामग्रीको विकल्पमा स्थानीय काठबाट निर्मित फर्निचर प्रयोग गरेको डिएफओ बस्नेत जनाएका छन् ।

स्थानीय स्रोत–साधनको सदुपयोग गर्दै स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सके स्थानीय अर्थतन्त्र, रोजगारी र वनजन्य उत्पादनको बजार विस्तारमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।

nijgadh-supermart-adz1200-630