निजगढ–८ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सभापतिमा रमेश लामा
वि.सं.२०८३ असोज ३ शनिवार १५:५९

निजगढ । नेपाली कांग्रेस निजगढ नगरपालिका–८ को वडा अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न भएको छ। अधिवेशनले रमेश लामालाई वडा सभापतिमा सर्वसम्मत निर्वाचित गरेको छ।
अधिवेशनबाट उपसभापतिमा उत्सव श्रेष्ठ र तारादेवी कार्की, सचिवमा रवि गुरुङ तथा सहसचिवमा सुजित बजाचार्य निर्वाचित भएका छन्।
त्यस्तै, वडा कार्यसमिति सदस्यमा समिता बोगटी, प्रवना लामा, उमेश थपलिया, मिनकुमारी लामा, विश्वास सुवार र नरबहादुर सुनुवार निर्वाचित भएका छन्।
शुभकार्य ब्याङ्क्वेटमा वडा सभापति प्रदीपकुमार अधिकारीको अध्यक्षतामा सम्पन्न अधिवेशनको उद्घाटन नेपाली कांग्रेस बारा क्षेत्र नं. १ (क) का सभापति टेकबहादुर लामाले गरेका थिए।
अधिवेशनले वडा तहमा पार्टी संगठनलाई थप सुदृढ गर्दै आगामी दिनमा संगठन विस्तार तथा पार्टीका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ।
वि.सं.२०८३ असोज ३ शनिवार १५:५९

















