दोस्रो सिंगौल नकआउट फुटबल : रतनपुर युनाइटेड र सखुवामाइ युवा क्लब भिड्ने
वि.सं.२०८३ कात्तिक १६ सोमवार १०:४७
51
shares

बाराको निजगढ–२ मा सञ्चालित दोस्रो सिंगौल नकआउट फुटबल प्रतियोगिता अन्तर्गत सोमबाररतनपुर युनाइटेड र सखुवामाइ युवा क्लब विच खेल हुने भएको छ ।
श्री लोकप्रीय आधारभूत विद्यालयको खेलमैदानमा निजगढ २ नं. को कार्यालयको सहयोगमा बन्देवी युवा क्लबको आयोजनामा भईरहेको पतियोगिताको दोस्रो दिनको खेल दिउँसो ३ः३० बजेबाट सुरु हुनेछ ।
प्रतियोगिता अन्तर्गत पहिलो दिन पहिलो दिन तीन वटा खेल सञ्चालन भएका थिए । जसमा लालिगुराँस युवा क्लब निजगढ, पशुपति युवा क्लब, सिंगौल एफसीले विजयी सरुवात गरेका थिए ।
खेलको फरक स्पोर्ट्स, म्याच स्कोर स्पोर्ट्स च्यानलको फेसबुक तथा युटुब्बबाट प्रत्यक्ष प्रशारण हुनेछ ।
वि.सं.२०८३ कात्तिक १६ सोमवार १०:४७

















