झापाबाट इलाम आउँदै गरेको जिप दुर्घटना हुँदा दुईको मृत्यु
वि.सं.२०७८ माघ १३ बिहीवार १०:३४
1.23K
shares

आज बिहान इलाममा पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
झापाबाट इलाम आउँदै गरेको प्रदेश १–०१–००१ च ७९१६ नम्बरको पिकअप आफै अनियन्त्रित भई सडकदेखि करिब पाँच सय मिटर तल झरेको छ ।
मेची राजमार्गको रोङ गाउँपालिका–४ पहिरोमा पिकअप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर थापाले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा परी झापाको मेचीनगर नगरपालिका–४ बस्ने वर्ष ५५ का रमेश थापा र सोही स्थान बस्ने वर्ष ४० का सूर्यबहादुर थापाको घटनास्थलमा नै मृत्यु भएको हो ।
जिप चालक मेचीनगर–४ बस्ने वर्ष ३३ का अर्जुन कोइरालासमेत गम्भीर घाइते भएको बताइएको छ । उनलाई उपचारका लागि झापाको विएण्डसि अस्पताल लगिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
वि.सं.२०७८ माघ १३ बिहीवार १०:३४
















