skip this

बालाजु औधोगिक क्षेत्रमा ग्याँस बुलेटले च्यापिएर चालकको मृत्यु

2.09K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : काठमाडौंको बालाजु औधोगिक क्षेत्रमा रहेको ग्याँस बुलेटले च्यापिएर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक ४५ वर्षीय दिलिप राजवंशी छन् ।
बिहिबार बिहान पौने ३ बजेतिर ग्याँस अनलोड गरेपछि बुलेटको अगाडि भागमा सिसा सफा गरिरहेका चालकलाई अर्को बुलेटले च्यापेको थियो ।
राजवंशीको घटनास्थलमा मृत्यु भएको र शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको बालाजुका डिएसपी गौतम मिश्रले बताए । मृतक राजवंशी भारत कलकत्ताका हुन् ।

nijgadh-supermart-adz1200-630