नग्न भिडियो सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेलिङ गर्ने खनाल पक्राउ
वि.सं.२०७८ माघ १४ शुक्रवार १४:५५
1.96K
shares

काठमाडौं । सामाजिक सञ्जालमा साथी बनेकी युवतीको नग्न भिडियो सार्वजनिक गरिदिन्छु भन्दै धक्की दिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वैदेशिक रोजगारीमा रहेका कास्कीको रुपाकोट ७ का मुक्तिनाथ खनाललाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरिएको हो ।
उनीविरुद्ध एक महिलाले आफूलाई ब्ल्याकमेलिङ गरेको भन्दै साइबर अपराधमा जाहेरी दिएकी थिइन् ।
ती महिलाका अनुसार खनालले सामाजिक सञ्जाल फेसबुकमा उनीसँग साथी बनेपछि कुराकानी गर्नेक्रममा नग्न भिडियो प्राप्त गरेका थिए ।
त्यसपछि महिलाका श्रीमान र आफन्तलाई पठाई दिन्छु भन्दै खनालले उनीसँग ब्ल्याकमेलिङ गरेको प्रहरीको साइबर ब्युरोले जनाएको छ ।
उनी शुक्रबार स्वदेश फर्किने क्रममा शुक्रबार पक्राउ परेका हुन् ।

वि.सं.२०७८ माघ १४ शुक्रवार १४:५५

















