skip this yams_Max_Hospital.jpeg

गुल्मीमा सुन्तला अड्किएर ३ वर्षीय बालकको मृत्यु

1.97K shares
nijgadh mahotsab
oil-nigam-amlekhgunj-adv.jpeg

गुल्मी-गुल्मीमा सुन्तला खाँदा अड्किएर तीन वर्षीय बालकको मृत्यु भएको छ ।

जिल्लाको मालिका गाउँपालिका–५ छापहिलेको छाप राङ्लाका आयुष ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिए ।

मालिका गाउँपालिकाको छापराङ्ला स्थायी घर भएका कमल ठकुरीकी श्रीमती कोपिला छोरासँगै तम्घास मिलनचोक भाडाको कोठामा बस्दै आएका थिए ।

आज दिउँसो साढे १ बजे आमाछोरा घरको छतमा बसेर सुन्तला खाने क्रममा छोरा आयुषको घाँटीमा दुई केस्रा सुन्तला अड्किएको र श्वास फेर्न गाह्रो भएपछि शिशुलाई उपचारका लागि गुल्मी अस्पतालमा पुर्‍याइएको थियो ।

अस्पताल ल्याएको एक घण्टापछि उनलाई मृत घोषणा गरिएको थियो ।

 

nijgadh-supermart-adz1200-630