निजगढको उनासी पुलबाट ४३ यात्रु सवार बस खस्यो (भिडियो)
४३ जना सवार बस खस्दा एक जना यात्रुको मृत्यु
वि.सं.२०८१ भदौ ३१ सोमवार ०८:४०

बारा–पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको निजगढ–८ स्थित उनासी पुलबाट मध्यरातमा ४३ यात्रु सवार बस खसेको छ ।
बिराटनगरबाट दाङ तर्फ जाँदै गरेको ना. ८ ख ११६४ नम्बरको बसको अगाडीको पट्टा भाचिएर अनियन्त्रित भई पुल देखि ८ मिटर तल खसेको हो ।
४३ जना सवार बस खस्दा एक जना यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको देउखुरी गटवा गाउँपालि ५ का ४५ वर्षिय चेतन राय यादव रहेका छन् । उनको शरीरको विभिन्न भागमा चोट लागेको अवस्थामा बयोधा अस्पताल वीरगंजमा उपचारको क्रममा विहान करिब ४ बजे मृत्यु भएको हो ।
दुर्घटना परेर ५ जना गम्भिर घाईते छन् । घाईते १३ जनाको अवस्था मध्यम र १५ जनाको सामान्य रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेका यात्रुलाई ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुमित कुशवाहको कमाण्डमा ट्राफिक प्रहरी सहित शसस्त्र प्रहरीको टोलीले उद्धार गरेर निजगढ सिटी अस्पताल र निजगढ सामुदायिक अस्पताल पु¥याएका थिए ।
घाईतेहरु ;-
सामुदायिक प्रसुती गृह अस्पताल निजगढ बारामा उपचार भईरहेका र रिफर भएका घाईतेहरुको नामावली;-
१) बस चालक जि. सल्यान सारदा न.पा.०३ बस्ने अं. बर्ष ४० को भोला ब. भण्डारीको शरीर र टाउकोमा चोट अवस्था सिरीयस ।
२) सह चालक जि. दाङ तुल्सिपुर न.पा. ०५ बस्ने अं. बर्ष३५ को कृष्ण ब. बुढाथोकीको शरीरको बिभिन्न भागमा चोट अवस्था मध्यम ।
३) जि. प्युठान सरुमाइरानी गा.पा.०३ बस्ने अं. बर्ष ४६ को ईमा राम सुनारको बाँया हात र शरीरमा चोट अबस्था सिरीयस ।
४) ऐ.ऐ. बस्ने अं. बर्ष ४२ को सिताराम सुनारको मुख र टाउको चोट अवस्था सामान्य ।
५) जि. सुर्खेत भेरी गंगा न.पा.११ बस्ने अं. बर्ष २५ को सोनु बि.क. को शरीरमा चोट अवस्था मध्यम ब्योधा अस्पताल बिरगंज पर्सामा रिफर
६) जि. सल्यान बागचौर न.पा.०४ बस्ने अं. बर्ष २६ को तुलसा के.सी. को दाहिने हात र छातीमा चोट अवस्था मध्यम ।
७) जि. सुर्खेत सिंगठन न.पा.२ बस्ने अं. बर्ष २२ को कर्ण ब. खड्काको टाउको , दाहिने हात र खुट्टामा चोट अवस्था मध्यम।
८) जि. अर्घाखाची सितगंगा न.पा.०७ बस्ने अं. बर्ष २६ को बुठा ब. राउतको वाँया हात र खुट्टामा चोट अवस्था मध्यम ।
९) ऐ.ऐ. बस्ने अं. बर्ष २७ को रोम ब. राउतको दाहिने कानमा चोट अवस्था सामान्य ब्योधा अस्पताल बिरगंज पर्सामा रिफर ।
१०) जि. प्युठान बांगेशाल न.पा.१ बस्ने अं. बर्ष ४७ को भुपेन दमाई अवस्था सामान्य ।
११) ऐ. सरुमाईरानी गा.पा.१ बस्ने अं. बर्ष १८ को गणेश बादीको टाउकोमा चोट अवस्था मध्यम ।
१२) ऐ.ऐ. बस्ने अं. बर्ष ३५ को बल ब.दमाईको टाउकोमा चोट अवस्था सिरीयस ब्योधा अस्पताल बिरगंज पर्सामा रिफर ।
१३) जि.दाङ राप्ति गा.पा.०५ बस्ने अं. बर्ष २१ को सपना भट्टराईको टाउको, दाहिने खुट्टामा चोट अवस्था सामान्य
१४) जि. रुकुम पश्चिम मुसिकोट न.पा. १४ बस्ने अं. बर्ष २० को सन्तोष बिष्टको ढाड, दाहिने हातमा चोट अवस्था मध्यम।
१५) जि.प्युठान सरुमईरानी गा.पा. ०३ बस्ने अं. बर्ष २२ को शंखर बि.क.को बाँया हात र छातीमा चोट अवस्था मध्यम ।
१६) जि. सल्यान कालिमाटी गा.पा.०२ बस्ने अं. बर्ष २५ को दल ब. बुढाको दाहिने हातमा चोट अवस्था सामान्य
१७) जि. अर्घाखाची सितगंगा न.पा.०९ बस्ने अं. बर्ष ४३ को देब ब. थापाको भित्रि शरीरमा चोट अवस्था सामान्य
१८) जि. दाङ घोराही न.पा. १० बस्ने अं. बर्ष ४० की लक्ष्मी अधिकारीको दाहिने हातमा चोट अवस्था सामान्य
१९) जि. सल्यान कपुरकोट गा.पा. ०६ बस्ने अं. बर्ष ५५ की टिकी पुन मगरको चिउडो र दाहिने हातमा चोट अवस्ता सामन्य
२०) ऐ. कालिमाटी गा.पा. ०३ बस्ने अं. बर्ष १९ को प्रकाश सिंजालिको ढाड र बाँया हातमा चोट अवस्था सामान्य
२१) जि. प्युठान सरुमाईरानी गा.पा. ०१ बस्ने अं. बर्ष २६ को बेद प्रसाद बि.क. को कम्मर ,दाहिने खुट्टा र हातमा चोट अवस्था सामान्य
२२) जि. सल्यान सारदा गा.पा.०५ बस्ने अं. बर्ष ५५ को बल ब. मगरको टाउको र बाँया हातमा चोट अवस्था सिरीयस
२३) जि. दाङ देउखुरी गटवा गा.पा.०५ बस्ने अं. बर्ष ४५ को चेतन राय यादबको शरीरको बिभिन्न भागमा चोट अवस्था मध्यम। ब्योधा अस्पताल बिरगंज पर्सामा रिफर
२४) जि. सल्यान कालिमाटी गा.पा. ०२ बस्ने अं. बर्ष ६५ को दल ब. बि. को को टाउको र दुबै खुट्टामा चोट अवस्था मध्यम
२५) जि. दाङ मटिअर्वा गा.पा. ०५ बस्ने अं. बर्ष ३५ को दयाराम यादबको टाउको र हातमा चोट अवस्था सिरीयस ब्योधा अस्पताल बिरगंज पर्सामा रिफर ।
२६) जि. कपिलबस्तु शिवारा गा.पा. ०४ बस्ने अं. बर्ष ५५ को समित पैठाको शरीरमा चोट अवस्था सामान्य
२७) जि. प्युठान सरुमाई रानी गा.पा.१ बस्ने अ. बर्ष ५५ को चन्द्र धामिको शरीरमा चोट अवस्था सामान्य
२८) जि. सिराहा बरियार गा.पा. ०५ बस्ने अं. बर्ष ५५ को बलिराम यादबको शरीरको भित्रि भागमा चोट अवस्था मध्यम
२९) जि. सुनसरी ईनर्वा गा.पा. ०३ बस्ने अं. बर्ष ३५ की संगिता मगरको दाहिने हात भाचिएको अवस्था मध्यम
३०) जि. दाङ गदर्वा गा.पा. ०३ बस्ने अं. बर्ष ५५ की बिरुन यादबको शरीरमा चोट अवस्था सामान्य
३१) ऐ. तुल्सिपुर उ.म.न.पा. १८ बस्ने अं. बर्ष ३० की हिरा ब. सुनारको बाँया खुट्टा र छातीमा चोट अवस्था मध्यम
३२) जि. प्युठान सरुमाईरानी गा.पा. ०३ बस्ने अं. बर्ष ४५ को तुल्सिराम साठिधारीको टाउकोमा चोट अवस्था मध्यम
३३) जि. दाङ राजपुर गा.पा. बस्ने अं. बर्ष २१ को चितराम यादबको टाउकोमा चोट अवस्था सिरीयस ब्योधा अस्पताल बिरगंज पर्सामा रिफर
३४) ऐ.ऐ. बस्ने अं. बर्ष ६० को मिथुजा पैठानको शरीरको बिभिन्न भागमा चोट अवस्था सामान्य
सि.टी अस्पताल निजगढ बारामा उपचार भईरहेका घाईतेहरुको र रिफर भएका घाईतेहरुको नामावली ;-
३५) जि. प्युठान हंसपुर न.पा. ०३ बस्ने अं. बर्ष ५९ को गंगाराम बि.क.को टाउको र शरीरमा चोट अवस्था सिरीयस ब्योधा अस्पताल बिरगंज पर्सामा रिफर
३६) जि. धनकुटा चौबिसकोटी गा.पा. ०५ बस्ने अं. बर्ष ३५ की खेम कुमारी याखाको शरीरमा चोट अवस्था सिरीयस ।
३७) जि.प्युठान सरुमाईरानि न.पा. ०१ बस्ने अं. बर्ष ५४ को टिकाराम बि.क. को शरीरमा चोट अवस्था मध्यम ।
३८) जि. कपिलबस्तु शिबराज न.पा.०४ बस्ने अं. बर्ष ३३ को बब्लु अंसारीको दुबै हात र दुबै खुट्टामा चोट अवस्था मध्यम ।
३९) ऐ.ऐ. वस्ने अं. बर्ष ३९ को अक्बर मुसलवानको दाहिने कानमा चोट अवस्था सामान्य ।
४०) जि. सल्यान दार्मा गां.पा. ०५ बस्ने अं. बर्ष २२ को जगत ब. खड्काको शरीरमा चोट अवस्था सामान्य ।
४१) जि. सुर्खेत सिमता गा.पा. ०८ बस्ने अं. बर्ष २२ को खेमराज रानाको शरीरको बिभिन्न भागमा चोट अवस्था मध्यम ।
४२) देश भारत सिद्धानगर ईमिलिया बस्ने अं. बर्ष ५० को साहोल प्रसाद चौरसियाको शरीरमा चोट अवस्था सामान्य ।
४३) देश भारत यु.पि. बस्ने कृष्णराम चौरसियाको छोरा अं. बर्ष १४ को हुल्सन कुमार चौरसियाको दाहिने हातमा चोट

वि.सं.२०८१ भदौ ३१ सोमवार ०८:४०