skip this farak Kura Pravakar

नेपाल विद्यार्थी संघ निजगढ नगरको संयोजकमा सापकोटा चयन

1.54K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा– नेपाली कांग्रेस पार्टीको भातृ संस्था नेपाल विद्यार्थी संघ निजगढ नगरको संयोजकमा ईश्वर सापकोटा चयन भएका छन् ।

नेपाल विद्यार्थी संघ बारा जिल्ला कार्य समितिको अध्यक्ष समिर चौधरीको अध्यक्षतामा नेपाली कांग्रेस निजगढ नगर कार्य समितिद्वारा सोमबार आयोजना गरिएको नेपाल विद्यार्थी संघको पालिका संयोजक बिस्तार भेलाले सापकोटालाई सर्वसम्मत संयोजक चयन गरेको हो ।

त्यसैगरि नगर सचिवमा आशिष दङगाललाई सर्वसम्मत चयन गरेको छ ।

यस कार्यक्रममा समिति बिस्तार गर्नेक्रममा नेपाली कांग्रेस पार्टीको नगर सभापति आदरणीय दाइ नवराज तिमल्सिनाको प्रमुख आतिथ्यमा नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य विकल्प भट्टराई, नेपाल तरुण दलका केन्द्रिय सदस्य बिष्णु खड्का, निजगढ नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्ष, आदिवासी, जनजाती संघका प्रमुख, जिल्ला कार्य समितिका पदाधिकारी तथा सदस्यहरु, वडाका पार्टी सभापतिहरु लगायत विभिन्न तह नेताहरुको उपस्थिति रहेको थियो ।

nijgadh-supermart-adz1200-630