हेटौंडामा ५ सवारी आपसमा ठोक्किदा एक दर्जन बढी घाइते
वि.सं.२०७९ साउन २३ सोमवार ११:४३
1.19K
shares

काठमाडौं ।मकवानपुरको हेटौंडामा ५ सवारी आपसमा ठोक्किदा एक दर्जन बढी घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडामा स्कुल बससहित ५ सवारी आपसमा ठोक्किदा एक दर्जन बढी घाइते भएका हुन ।
हेटौंडा–१५ को रातोमाटे नजिक ठूलो ट्रक, दुई ट्यांकर, स्कुल बस र कार आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उक्त घटनामा मानवीय क्षती भने नभएको प्रहरीले जनाएको छ । घाइतेको हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।
वि.सं.२०७९ साउन २३ सोमवार ११:४३
















