एयरपोर्टबाट १९ किलो सुनसहित एकजना विदेशी पक्राउ
वि.सं.२०७९ पुस ८ शुक्रवार १८:२५
1.35K
shares

काठमाडौं-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ किलो सुनसहित एकजना विदेशी नागरिक पक्राउ परेका छन् । विमानस्थल स्रोतका अनुसार पक्राउ पर्ने सुडानका नागरिक हुन् ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले चेकजाँच गर्दा उनको साथमा सुन फेला परेको हो । आरोपी फ्लाई दुबईको उडानमार्फत नेपाल आएका हुन् ।
वि.सं.२०७९ पुस ८ शुक्रवार १८:२५
















