skip this

बिहारमा एक जना पत्रकारको गोली हानी हत्या

1.22K shares
oil-nigam-amlekhgunj-adv.jpeg

नेपालको सीमावर्ती भारतीय राज्य बिहारमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको छ।

बिबिसी हिन्दीका अनुसार बिहारको अररिया जिल्लामा शुक्रबार बिहानै अज्ञात समूहले दैनिक जागरण पत्रिकाका संवाददाता विमलकुमार यादवलाई गोली हानेका हो।

अररियाका एसपी अशोककुमार सिंहले समाचार एजेन्सी पिटिआईसँग भनेका छन्- चार जनाको समूह विमलको घरबाहिर आएर बेस्सरी चिच्याएका थिए। उनी बाहिर निस्किएपछि गोली हानेर फरार भएका छन्। गोली लागेका विमलको घटनास्थलमै मृत्यु भएको छ। हामी अपराधीलाई खोजीरहेका छौं।

सन् २०१९ मा विमलका भाइको पनि हत्या भएको थियो। उक्त हत्याका एकमात्र साक्षी विमल थिए। विमललाई अदालतमा बयान फेर्न धेरै पटक दबाब आएको थियो।

nijgadh-supermart-adz1200-630