skip this

सुवोध स्मृति पत्रकारिता पुरस्कारबाट बरिष्ठ पत्रकार चन्द्रकिशोर झा पुरस्कृत

1.64K shares
oil-nigam-amlekhgunj-adv.jpeg

वीरगञ्ज-प्रतिक प्रकाशन समूहले हरेक वर्ष प्रदान गर्ने सुवोध सिंह स्मृति पत्रकारिता पुरस्कारबाट बरिष्ठ पत्रकार चन्द्रकिशोर झा पुरस्कृत भएका छन् ।

फोटो पत्रकार दिवगंत सुवोध सिंहको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कारबाट कान्तिपुर दैनिकका स्तम्भकार एवम् खोज पत्रकारिता केन्द्रका अध्यक्ष झा यस वर्ष पुरस्कृत भएका हुन् ।

वीरगञ्जबाट प्रकाशित राष्ट्रिय ‘क’ वर्गको प्रतीक दैनिक पत्रिकाको ३७ औं बार्षिकोत्सवको अवसरमा झालाई वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह र प्रतिक प्रकाशन दैनिकका प्रधान सम्पादक जगदीश शर्माले सयुँक्त रुपमा दोसल्ला ओढाएर ५१ हजार राशीको चेक हस्तान्तरण गरेका हुन् ।

सुरुमा फोटो पत्रकारलाई मात्रै प्रदान गरिँदै आएको पुरस्कार गत वर्षदेखि अन्य विधाका पत्रकारलाई पनि प्रदान गरिदै आएको प्रतिक दैनिकका सम्पादक शत्रुघन नेपालले जानकारी दिए ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १५ स्थित ज्येष्ठ नागरिक पार्कमा आयोजित कार्यक्रममा पुरस्कार वितरण गरिएको पत्रिकाका सम्पादक शत्रुघ्न नेपालले जानकारी दिनुभयो । सोही अवसरमा प्रतिक दैनिकले जितलाल राम, मुकेश बस्नेत र धर्मेन्द्र ठाकुरलाई पनि नगद र सम्मान पत्रमार्फत सम्मानित गरेको थियो ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया, वीरगञ्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि गौतम लगायतको उपस्थिती रहेको थियो ।

nijgadh-supermart-adz1200-630