कोटेश्वरमा मिनि ट्रकको ठक्करबाट एक जनाको मृत्यु
वि.सं.२०७९ जेठ ३० सोमवार ०९:०८
1.23K
shares

काठमाडौं । गए राति मिनि ट्रकको ठक्करबाट काठमाडौंको कोटेश्वरमा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा पाँचथरको मिक्लाजुङ गाँउपालिका ५ घर भई हाल काठमाडौंको काडाँघारी बस्ने अन्दाजी ३४ वर्षीया सम्झना राई रहेकी छिन्।
कोटेश्वरबाट जडिबुटी तर्फ जादै गरेको ना ५ ख २८१९ नम्बरको मिनि ट्रकले सोही दिशा तर्फ जाँदै गरेको बा ७१ प ३०५४ नम्बरको मोटरसाइकललाई गएराति पौने १० बजे, ठक्कर दिएको थियो। दुवै सवारी साधन र चालकलाई प्रहरी प्रभाग कोटेश्वरले नियन्त्रणमा लिएको छ।गम्भीर घाइते भएकी राईको महाराजगंज स्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा राति सवा १० बजे, मृत्यु भएको हो।
वि.सं.२०७९ जेठ ३० सोमवार ०९:०८

















