skip this farak Kura Pravakar

कोटेश्वरबाट अवैध वन्यजन्तु कछुवासहित दुई जना पक्राउ

930 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले अवैध वन्यजन्तु कछुवासहित दुई जनालाई पक्राउ गरेका छ । आइतबार साँझ प्रहरी टोलीले १० वटा कछुवासहित काठमाडौँ कीर्तिपुर नगरपालिका–९ बस्ने २५ वर्षीय राज देउला र २० वर्षीय राहुल देउलालाई पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित प्रोटोवेलो क्याफे हाउसमा अवैधरुपमा कछुवा ओसारपसारमा संलग्न उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले कछुवा १० वटा, विभिन्न कम्पनीका मोबाइल तीन थान, बा९९प ४९४४ नम्बरको मोटरसाइकल एक थान बरामद गरेको छ । पक्राउ परेकाहरुलाई प्रहरी प्रभाग कोटेश्वरको टोलीले अनुसन्धान गरिरहेको छ ।

nijgadh-supermart-adz1200-630