सबैले स्विकार्ने व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्छ – पर्यटनमन्त्री किराँती
वि.सं.२०७९ फागुन १० बुधवार १२:५०
294
shares

काठमाडौं। राष्ट्रपति राष्ट्रिय सहमतिको आधारमा हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले बताएका छन् । आज संखुवासभाको तुम्लिङटारमा सञ्चारकर्मीसँग कुरा गर्दै पर्यटनमन्त्री किराँतीले राष्ट्रपति बनाउनमा सहमतिको विकल्प नभएको बताएका छन् । उनले राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति चयन हुनेमा दुईमत नभएको उललेख गरेका छन् ।
पर्यटनमन्त्री किराँतीले सबैले स्विकार्ने व्यक्ति राष्ट्रपति बनाउन खोजिरहेको पनि बताएका छन् । कांग्रेसलाई राष्ट्रपति दिँदा सहमति पनि हुन सक्ने बताएका छन् । राष्ट्रपति बनाउन राष्ट्रिय सहमति गर्दा एमाले पनि सहमत हुनुपर्ने पर्यटनमन्त्री किराँतीको भनाई छ ।
वि.सं.२०७९ फागुन १० बुधवार १२:५०

















