skip this

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

753 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज दिउँसो १ बजे नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दै छ । पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको महासचिव डा.बेदुराम भुसालले जानकारी दिएका छन् । उनका अनुसार बैठकमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा विकसित पछल्लो राजनीतिक घटनाक्रमबारे ‘ब्रिफिङ’ गर्ने कार्यसूची छ ।

यसैगरी आजको बैठकमा राष्ट्रपतिको निर्वाचनबारे निर्णय गरेर अगाडि बढ्ने विषयमा पनि छलफल हुने बताइएको छ । अध्यक्ष नेपाललाई नेकपा (एमाले)ले राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेको भए पनि यस विषयमा एकीकृत समाजवादीले निर्णय भने नलिएको जनाइएको छ ।

nijgadh-supermart-adz1200-630