चितुवाले बाख्रा आक्रमण गर्न थालेपछि जीतपुसिमराको बसतपुर गाउँका स्थानीय त्रसिद
वि.सं.२०८१ पुस २४ बुधवार २०:४४
1.1K
shares

बारा–बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं. २० स्थित बसतपुर गाउँ आसपास चितुवाले दुख दिएको छ ।
उत्तर दुधौरा खोलाको पुर्व र न्यायधिश वन मन्दिर जाने बाटोको पश्चिम सिसौ झाङ र उखु बारीमा बस्दै आएको दुई वटा चितुवाले आक्रमण थालेपछि स्थानीय त्रसिद भएका छन् ।
चितुवाको आक्रमणपछि त्यहाँका स्थानिय कृषक र गोठालेहरु खेतमा जान र गाई, बाख्रा चराउन डराउन थालेका छन् ।

स्थानीयले चितुवालाई नियन्त्रणमा लिई यहाँका डरलाग्दो स्थितिलाई सहज गरिदिनकोलागि स्थानिय सरकार, इलाका प्रहरी र वन विभाग निकायसँग अपिल गरेका छन् ।
वि.सं.२०८१ पुस २४ बुधवार २०:४४
















