skip this farak Kura Pravakar

घरेलु हिंसा भोग्दै आएकी आरती साहको ‘हत्या’ ? विष सेवन गरेको भन्दै उम्कने प्रयास !

पति पक्राउ, नन्द फरार

2.23K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं– २६ वर्षिया आरती साहको शुक्रबार परिवारबाटै हत्या भएको भन्दै बुवा बली साह प्रहरी कार्यालयमा पुगेका छन् ।

७ वर्षअघि महोत्तरी, गौशला–४ मलहनिया पोखरीमा वैवाहिक जीवनमा बाँधिएकी आरतीको माईत जनकपुर हो । उनी बुवासंगै बुधबार ६ महिनापछि माईतबाट घर फर्किएकी थिईन् । घरपरिवारबाट चरम यातना भोग्दै आएकी आरती ज्यान जोगाउन माईती घर बस्दै आएकी थिईन् ।

सधैं माईती राखेर भएन भनेर बली साह छोरीको परिवारसंग सरसल्लाह गर्न गौशला पुगेका थिए । त्यहाँ सरसल्लाह अनुसार आरतीका जेठाजु समेतले अब पुरानो घटना नदोहोरिने भन्दै घरमै बस्न आग्रह गरेपछि अनिता घर बस्न थालिन् ।

३ वर्षकी छोरी र ९ महिनाको छोराकी आमा आरती अब शान्तसंग घर बस्ने पाउने अपेक्षामा थिईन् । दुई दिनसम्म राम्रै सम्बन्ध देखेपछि बुवा बलि शुक्रबार घर फर्किए । त्यसपछि परिस्थिति त्यस्तो भएन् ।

डेढ वर्षदेखि झैझडा र कुटपीट गर्दै आएका पति उमेश साहको व्यवहार परिवर्तन भएन् । घरपरिवारका अन्य सदस्यको भूमिका पनि उस्तै रह्यो । विवाह गरेर गएकी नन्द आशा साहसमेत आरतीलाई हिंसा गर्न उद्धत देखिने गरेको छरछिमेकीले सुनाए । शुक्रबार साँझदेखि घरमा झैगडा सुरु भएको स्थानीय बताउँछन् ।

अन्ततः आरतीको शुक्रबार राती ज्यान गयो । आरतीका परिवारले बुवा बलिलाई डेढ बजे राती फोन गरेर छोरीले विष सेवन गरेर विरामी परेको छ आउनु भनेर खबर गरे । उनी आउँदा आरतीले ज्यान गुमाईसकेकी थिईन् । परिवारजनले विष सेवन गरेको दाबी गरेपनि छरछिमेक र स्थानीय आरतीले यातनाबाट ज्यान गुमाएको बताउँछन् ।

प्रहरीमा किटानी जाहेरी

ईलाका प्रहरी कार्यालय गौशलामा किटानी जाहेरी दर्ता भएको छ । पति र नन्द विरुद्ध मृतकका बुवाले जाहेरी दर्ता गरेका हुन् । प्रहरीले पतिलाई पक्राउ गरिसकेको छ । पति उमेशलाई सोही रात नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । नन्द आशाको खोजी कार्य भईरहेको प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए । उनी फरार छिन् ।

आईतबार नै जिल्ला अदालतमा उपस्थिति गराई १० दिनको म्याद थप गरेर अनुसन्धान भईरहेको प्रहरी निरीक्षक यादवले बताए ।

प्रहरीले विरुद्ध आन्दोलन

आरतीको न्यायको लागि महिला अधिकारकर्मीले आन्दोलन थालेका छन् । दोषीलाई कारबार्हीको माग गर्दै महिला सञ्जालले आन्दोलन गरेको हो । आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको थियो । दोहोरो झडपपछि प्रहरीले ९ राउत गोली फायर र १३ सेल अश्रुग्यास प्रहार गरेको थियो । झडपमा परि दुवैतर्फ घाईते भएका छन् ।

 

nijgadh-supermart-adz1200-630