skip this farak Kura Pravakar

संविधान, संसदीय व्यवस्था, गणतन्त्र विरुद्ध ओली अघि बढेको रामचन्द्र पौडेलको भनाई

1.18K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा राजनीतिक स्थायित्व हुन नदिन केपी शर्मा ओलीलाई निमित्त नायक बनाएर विभिन्न कोणबाट षड्यन्त्र भइरहेको आरोप लगाएका छन् ।आज सत्तारुढ गठबन्धनका तर्फबाट बुटवलमा आयोजना गरिएको पाँच दलीय गठबन्धनलाई सम्बोधन गर्दै उनले संविधान, संसदीय व्यवस्था, गणतन्त्र विरुद्ध ओली अघि बढेको जिकिर गरेका छन् । उनले संसदलाई विघटन गर्ने, अवरुद्ध गर्नेहरुलाई अब जनताले संसदमा पुग्नबाटै रोक्नुपर्ने बताए ।

उनले बुटवलमा सुकुम्बासी समस्या समाधान, बाढी समस्या समाधान गर्न गठबन्धनले पहल गर्ने पनि बताए । उनले नेपालको मुटुमा, लुम्बिनीको काखमा रहेको बुटवललाई विशेष खालको सहर बनाउने योजनालाई केन्द्रबाट काँधमा काँध मिलाएर सहयोग गर्ने बताएका छन् । उनले देशलाई राजनीतिक स्थिरता चाहिएको भन्दै राजनीतिक स्थिरता नहुँदा विकास नभएको र प्राकृतिक स्रोत साधनले धनी भएर पनि हामी गरिब भएर बस्नुपरिरहेको उल्लेख गरे ।

 

nijgadh-supermart-adz1200-630