skip this farak Kura Pravakar

फास्ट ट्रयाक आयोजनाको एक प्रतिशत रकम निजगढ दिगो विकासमा खर्च गर्न सकारात्मक छलफल भएको छ : सांसद मैनाली

1.14K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बारा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य अच्चुतप्रसाद मैनालीले सार्वजनिक लेखा समिति एवं रक्षा र भौतिक मन्त्रालयको बेरुजु फर्चौट समितिमा फास्ट ट्रयाकका व्यवधानहरुलाई पन्छाएर चाडो भन्दा चाडो आयोजनालाई कसरी सम्पन्न गर्ने भनेर ध्यान केन्द्रित भएर छलफल भएको जानकारी दिएका छन् ।

बाराको निजगढ नगरपालिका–७ शहीदचोकस्थित लोकप्रिय बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सार्वजनिक लेखा समितिको सदस्य एवं रक्षा र भौतिक मन्त्रालयको बेरुजु फर्चौट समितिको सदस्य समेत रहेका मैनालीले मन्त्रिपरिषद्बाट अविलम्ब नियमावली र ईआइएलाई पास गर्न पहल गर्ने निर्णय भएको बताए ।

सांसद मैनालीले फास्ट ट्रयाक आयोजनाको एक प्रतिशत रकमलाई सामाजिक उत्तरदायित्व अन्तर्गत गरिने खर्चको विषयमा समेत छलफल भएको जानकारी दिए । उनका अनुसार निजगढ दिगो विकासको लागि स्वास्थ्य, शिक्षा, सिचाई, खानेपानी र डम्बरपुर क्षेत्रमा चेपाङ समुदायको क्षेत्रमा काम गर्ने विषयमा कुरा उठाईएको छ । नदी कटानबाट फास्ट ट्रयाका क्षति हुन नदिन लाल बकैया खोलको पश्चिमतर्फ पूर्वपश्चिम राजमार्गबाट उत्तरतर्फको तटबन्धन गर्ने विषयमा समेत उठाईएको सांसद मैनालीले जानकारी दिए ।

‘हामीले प्रस्ताव गरेका विषयमा सकारात्मक जवाफ आएको छ,’ सांसद मैनालीले भने–हाम्रो उपसमितिको संयोजक राजेन्द्र केशी र सदस्य जनार्दन शर्मासहित मिलेर सामाजिक उत्तरदायित्व अन्तर्गत निजगढको विकासको लागि पहल गर्ने सहमति भएको छ । प्रधानसेनापतिबाट सकारात्मक कुरा भएको छ ।

सांसद मैनालीले निजगढ विमानस्थलको विषयमा पर्यटन मन्त्री सुदन किरातीले दुई वटा रन वे बनाएर अघि बढ्ने भन्ने कुरा आएको जानकारी गराउँदै समस्याका रुपमा रहेको बस्ती व्यवस्थापनको लागि कर्मचारीको मात्र पहलले नभई जनप्रतिनिधिको समेत समन्वयमा समस्यामा सहजिकरण गर्नुपर्छ भनेर कुरा भएको बताए । उनले त्यस विषयमा पहल गर्ने भनेर प्रतिकृया आएको जनाउँदै देशकै आवश्यकताको रुपमा विमानस्थल रहेको भएकाले राष्ट्रिय सहमति रहेको बताए ।

मधेस प्रदेशकी सांसद मिनाकुमारी लामा

कार्यक्रममा मधेस प्रदेशकी सांसद मिनाकुमारी लामा, निजगढ नगरपालिका मेयर सुरथ पुरी, बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, जिल्ला समन्वय समिति बाराकी उपप्रमुख चण्डिका उप्रेतीले मन्तव्य व्यक्त गरेका थिए ।

बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा
जिल्ला समन्वय समिति बाराकी उपप्रमुख चण्डिका उप्रेती
निजगढ नगरपालिका मेयर सुरथ पुरी

निजगढ नगरपालिकाकी उपमेयर सोममाया थिङ, नेपाल बचत तथा ऋण सहकारी संघका सञ्चालक शोभाकुमारी राउत, केन्द्रिय दुग्ध उत्पादक सहकारी संघका सचिव एवं बागदेव दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष थानेश्वर सापकोटाले मन्तव्य व्यक्त गरेका थिए ।

निजगढ नगरपालिकाकी उपमेयर सोममाया थिङ
नेपाल बचत तथा ऋण सहकारी संघका सञ्चालक शोभाकुमारी राउत
केन्द्रिय दुग्ध उत्पादक सहकारी संघका सचिव एवं बागदेव दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष थानेश्वर सापकोटा अविरल
हिमचुली साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष दुर्गा कोईराला
सगरमाथा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भोलाप्रसाद गौतम

सगरमाथा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भोलाप्रसाद गौतम, हिमचुली साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष दुर्गा कोईराला, खानेपानी तथा सरसफाई उपभोक्ता संस्था निजगढका अध्यक्ष सुदर्शनप्रसाद कोईरालाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था निजगढका अध्यक्ष सुदर्शनप्रसाद कोईराला

कार्यक्रममा निजगढ नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष गोकुल तिमल्सिना, वडा नं. ५ का वडा अध्यक्ष सुर्यबहादुर थापा मगर, ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिना, गौरीशंकर क्याम्पस निजगढका अध्यक्ष एकबहादुर श्रेष्ठ, गौरीशंकर माध्यमिक विद्यालय निजगढ ८ का अध्यक्ष रविकुमार बर्तौला, गौरीशंकर माध्यमिक विद्यालय निजगढ ६ का अध्यक्ष थानेश्वर सापकोटा, सेवा शुभारम्भ साकोसका अध्यक्ष मणिश्वर घिमिरे, अवतार साकोसका अध्यक्ष अजय लामा, चैचोपैंचो साकोसका अध्यक्ष नारायणप्रसाद गौतम, निजगढ साकोसका उपाध्यक्ष अरुण लामा, क्रियाशिल साकोसका किरण श्रेष्ठ, जनकल्याण दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष गोविन्दप्रसाद बजगाई, सप्तरेखी महिला पशुपालन सहकारी संस्थाकी अध्यक्ष सावित्री भारती सहभागि थिए ।

त्यस्तै समुन्नत बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष कल्पना खरेल, सरल बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष गोरखबहादुर खड्का, तरकारी तथा फलफुल सहकारी संस्थाकी अध्यक्ष विष्णु नेपाल, निजगढ वडा नं. २ का पूर्व वडा अध्यक्ष केशवप्रसाद ढोडारी, लोकप्रिय साकोसका पूर्व सचिव विदुरलाल श्रेष्ठ, सांसद मैनालीका प्रमुख स्वकीय सचिव शिव रिजाल, निजगढ नगर उद्योग वाणिज्य संघका इराज कोईराला, श्रीकृष्ण प्रणामी मन्दिर सडकटोलका यादवकुमार तिमल्सिना, पत्रकार महेश्वर अधिकारीको उपस्थिति रहेको थियो ।

संस्थाका उपाध्यक्ष केदारप्रसाद गौतम स्वागत मन्तव्य राख्दै ।

संस्थाका अध्यक्ष अम्बिकाप्रसाद चौलागाईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन लिलानाथ बञ्जरा, स्वागत केदारप्रसाद गौतम, धन्यवाद ज्ञापन उषा लामा मोक्तानले गरेका थिए ।

संस्थाका सदस्य उषा लामा मोक्तान धन्यवाद ज्ञापन गर्दै ।

कार्यक्रममा अध्यक्ष अम्बिकाप्रसाद चौलागाईले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष अन्जु नेपालीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को लेखा प्रगति प्रतिवेदन, व्यवस्थापक रोशनकुमार तिमल्सिनाले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को अनुमानित बजेट संसोधनसहित पारित भएको छ भने लेखा तथा सुपरीवेक्षण समितिकी संयोजक पावर्ती अधिकारीले प्रस्तुत प्रतिवेदन सर्वसम्मत पारित भएको छ ।

अध्यक्ष अम्बिकाप्रसाद चौलागाई
कोषाध्यक्ष अन्जु नेपाली प्रस्तुत गर्दै ।
व्यवस्थापक रोशनकुमार तिमल्सिनाले प्रस्तुत गर्दै ।
लेखा तथा सुपरीवेक्षण समितिकी संयोजक पावर्ती अधिकारी प्रस्तुत प्रतिवेदन गर्दै ।
nijgadh-supermart-adz1200-630