काठमाडौं उपत्यकामा ३ हजार ५३ जना सवारी चालकमाथि कारवाही
वि.सं.२०७९ असोज ११ मंगलवार ११:४१
885
shares

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा सोमबार ३ हजार ५३ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई उपत्यकाको विभिन्न स्थानमा कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरीले कार्यालयले जनाएको छ ।
कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १७४ जना, लेन अनुशासन पालना नगर्ने ४५ जना, रेड लाइटमा सवारी साधन चलाउने ६५ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १४७ जना र नम्वर प्लेट राम्रोसँग नराख्ने ५४ जना चालक रहेका छन् । यस्तै २ हजार ५६८ जना चालकलाई अन्य कारवाही गरेको कार्यालयले जनाएको छ ।
वि.सं.२०७९ असोज ११ मंगलवार ११:४१
















