skip this

गठबन्धनको सरकार बनेपछि कुर्सीको समस्यालाई सामान्यरूपमा लिनुपर्छ –प्रधानमन्त्री देउवा

1.4K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । गठबन्धनको सरकार बनेपछि कुर्सीको समस्यालाई सामान्यरूपमा लिनुपर्ने प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन्।आज काठमाडौँमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको स्व।नेता गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।

एउटै पार्टीमा पनि समस्या हुने गरेको भन्दै गठबन्धनमा आएका कुर्सीका समस्याहरूलाई सामान्य रूपमा लिन आवश्यक उनले रहेको बताए।उनले मोरङको विराटनगरमा रहेको भवनलाई स्व.नेता गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउने कुरा स्वागतयोग्य रहेको पनि बताए।उनले सधैँ जनताको लागि लडिरहने नेता गिरिजाप्रसाद कोइरालाको सालिक अनावरण गर्न पाउँदा खुसी लागेको पनि बताए।

 

nijgadh-supermart-adz1200-630