कोल्हवी नगरपालिकाका पूर्व मेयर भण्डारी सवार गाडी दुर्घटना
वि.सं.२०८० साउन २७ शनिवार ११:५५
1.37K
shares

काठमाडौं–कोल्हवी नगरपालिकाका पूर्व मेयर भरतबहादुर भण्डारी सवारी गाडी दुर्घटनामा परेको छ ।
गाडीमा स्थानीय गोबिन्द पौडेल, प्रकाश थापा, कपिल प्रशाईलगायत पाँच जना सवार थिए ।
भैरवहाबाट काठमाडौंतर्फ आउने क्रममा बा २२ च ६०५२ नम्बरको स्कारपिओ मलेखुमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा गाडी क्षतिग्रष्त भएको छ । दुर्घटनामा कपिल प्रशाईको अवस्थामा गम्भिर छ । उनको नेपाल मेडिकल कलेज जोरपाटीमा उपचार भईरहेको छ । पूर्व मेयर भडारीलगायतको अवस्था सामान्य छ ।
वि.सं.२०८० साउन २७ शनिवार ११:५५
















