skip this

सुकुम्बासी संघर्ष समिती र निजगढ नगरपालिका विच समझदारी ! आन्दोलनका कार्यक्रम फिर्ता

1.99K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–भूमिहिन दलित,भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासिको समस्या चाडो समाधान गर्ने उदेश्यले निजगढ नगरलाई दबाब सिर्जना गर्न क्रियाशिल सुकुम्बासी संघर्ष समिति र निजगढ नगरपालिका विच समझदारी भएको छ ।

नेकपा माओवादी केन्द्र निजगढ नगरले गठन गरेको संघर्ष समितिले दोस्रो चरणको आन्दोलन घोषण गरेको तेस्रो दिनमा नगरपालिकाका जनप्रतिनिधि र समितिले घोषणा गरेको संघर्षको कार्यक्रम तत्कालको लागि फिर्ता लिने सहमती भएको हो ।

निजगढ नगर प्रमुख सुरथ पुरीको अध्यक्षमा निजगढ नगर उप–प्रमुख, विभिन्न वडाका वडा अध्यक्षस“ग संघर्ष समितिका संयोजक बेनि बहादुर मुक्तान सहितको टोली बिचमा लामो छलफल पछि संघर्ष दोस्रो चरणको आन्दोलनको कार्यक्रम फिर्ता लिने सहमति भएको नेकपा (माओवादी केन्द्र) निजगढ नगर अध्यक्ष सन्तोष दंगालले जानकारी दिए ।

१७ असोजमा निजगढ नगरपालिकाको कार्यपालिका बैठकले भूमि हिन दलित,भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी सम्बन्धित कार्यलाई द्रुर्तगतिमा अगाडी बढाउने र १९ असोजमा निजगढ नगर स्तरिय सहजीकरण समितिको बैठक बोलाउने निर्णय गरेपछि संघर्ष समितिले तत्कालको लागि आन्दोलन स्थगित गरेको छ ।

‘नगरको गतिविधिलाई गति दिने र जनताको लालपुर्जा सम्बन्धि समस्याहल गर्न नगरले प्रतिबद्धता जाहेर गरेपछि संघर्ष समितिले निजगढ नगर प्रमुखलाई धन्यवाद दिएका छौं’, अध्यक्ष दंगालले भने–आवश्यक सहकार्यको लागि नेकपा माओवादी केन्द्र र संघर्ष समिती निजगढ नगरको साथमा रहेको जानकारी सहित तत्कालको लागि आन्दोलन स्थगित गरेको छ ।

निजगढ वडा नम्बर ४ र ८ को भुभागमा अमिनी खटिएका छ्न भने आवश्यक जनशक्ति माग भए निजगढ नगरले जनशक्ति थप गर्दै भूमि सम्बन्धित कामलाई प्रभावकारी बनाउने समेत समझदारी बनेको छ ।

माओवादीले नगरस्तरिय अभिमुखिकरण कार्यक्रम आयोजना गरेर ७ असोजमा गठन गरेको संघर्ष समितिले ९ असोजमा नगरपालिकामा ज्ञापन पत्र समेत बुझाएको थियो ।

भुमी सम्बन्धित कामलाई देखिने र जनताले आभास गर्ने गरि काम नभए दोश्रो चरणको आन्दोलन घोषणा गर्ने ५ दिने समयसिमा सहित अल्टिमेटम दिएको थियो । १६ असोजमा पत्रकार सम्मेलन गरेर आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको थियो । संघर्ष समितिको मागलाई नगरले ब्यवस्था गरेको महसुस गरेपछि दोश्रो चरणको आन्दोलनको ५ दिने धर्ना कार्यक्रम निर्धारण गरेको थियो ।

nijgadh-supermart-adz1200-630