skip this

अखिल नेपाल महिला संघ निजगढ नगरको अध्यक्षमा शोभा राउत चयन

2.85K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–नेकपा (एमाले) निकट अखिल नेपाल महिला संघ निजगढ नगर कमिटी अध्यक्षमा शोभा राउत चयन भएकी छिन् ।

कमिटीको दोस्रो नगर अधिवेशन अध्यक्षमा राउत, उपाध्यक्षमा सकुन्तला ठाकुर, सचिव जगत कुमारी अधिकारी, कोषाध्यक्षमा नारायणी सापकोटा, सहसचिवमा लक्ष्मि पौडेल लगायत चयन भएका छन् ।

यस अघि अधिवेशनको नेकपा एमाले केन्दीय पोलिटब्युरो सदस्य तथा पुर्वमन्त्री पुरुषोत्तम पौडेलले उद्घाटन गरेका थिए ।

 

नव निर्वाचित अध्यक्ष शोभा राउतलाई बैठक पुस्तिका हस्तान्तरण गर्दै अध्यक्ष लक्ष्मी गौतम ।

नगर अध्यक्ष लक्ष्मी गौतमको अध्यक्षतमा भएको उद्घाटन समारोहमा एमालेका नेता अच्युत मैनाली, ज्वाला साह, जिल्ला समन्वय समिति बाराकी उपाध्यक्ष चण्डिका उप्रेती, नगर अध्यक्ष सुरथ पुरी, प्रथम उपमेयर एवं नेतृ लिलादेवी लामिछाने, नेतृ दुर्गा कोईराला, अन्जु नेपाली लगायतको उपस्थिति रहेको थियो ।

nijgadh-supermart-adz1200-630