नेताहरुमा सत्तामा पुगेपछि भिआइपी बन्ने मोह छ : प्रा. डा. लोकराज बराल [अन्तर्वार्ता]

प्रा. लोकराज बराल, राजनीतिकशास्त्री

546 shares

पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई ‘लाइनमा बस्न’ निर्देशन दिँदा भनाभनपछि सुरक्षागार्ड शेरजंग गुरुङ पक्राउ गरि पाँच दिन थुनामा राखियो । गरुड सेक्युरिटिजका गुरुङ ठमेलमा रहेको छाया सेन्टरस्थित भीएफएसको सुरक्षा गार्डमा कार्यरत थिए । मन्त्री श्रेष्ठ क्यानडाको भिसाका लागि सो स्थानमा पुगेका थिए । त्यहाँ रहेका गुरुङले मन्त्री श्रेष्ठलाई लाइनमा बस्न भनेपछि भनाभन भएको थियो । यो घटनापछि मन्त्री श्रेष्ठ आलोचित भए । यस्ता घटनाले राजनीतिकबृत्तमा देखा परिरहन्छ किन होला भन्ने विषयमा राजनीतिकशास्त्री डा. लोकराज बरालसंग गरिएको कुराकानी :

पर्यटकमन्त्री जीवनराम श्रेष्ठ र सुरक्षा गार्डबीचको विवादलाई कसरी हेर्नुभएको छ ?

–यो खासै टिप्पणी गर्न लायक विषय त होइन, तर सोधिहाल्नु भयो यसमा म चाहिँ दुवैको गल्ती देख्छु । मन्त्रीलाई त्यसरी लाइनमा नबस्ने सुविधा चाहिने भए त्यहाँ पहिल्यै जानकारी गराएर गएको भए राम्रो हुन्थ्यो । फेरि मन्त्री भनिसकेपछि सुरक्षा गार्डले पनि सामान्य मर्यादा राखिदिएको भए केहि बिग्रिन्थ्यो ।

भुइँतहबाटै उठेका नेताहरु पनि सत्तामा पुग्नसाथ किन ‘भिआइपी बन्न हतारिन्छन् होला ?

–यस्तो रोग हामीकहाँ लोकतन्त्रवादी होउन या साम्यवादी सबैमा देखिन्छ । म दिल्लीमा राजदुत भएर बस्दा कैयौँ मन्त्री कहिले अनौपचारिक भ्रमणमा त कहिले ट्रान्जिटका कारण पनि पुगिरहन्थे । सबैलाई स्वागत गर्न आफैँ जान सम्भव हुन्नथ्यो । यस्तोमा दुतावासको कर्मचारीलाई पठाउँदा राजदुत ठुलो भयो, हामीलाई टेरेनजस्ता आरोप लाग्थे । हाम्रो नेतामा भिआइपी बन्ने मोह अचम्मको देखिन्छ ।

मन्त्री जीवनराम श्रेष्ठ र सुरक्षागार्ड शेरजंग गुरुङ (दायाँबाट) ।


नेपाली राजनीतिमा यस्ता घटना किन दोहोरिहन्छन् ?

–यसमा हाम्रो संस्कार जिम्मेवार छ । पहिले राजाले सबैलाई ‘तिमी’ भनेको देखेको, सुनेको या भागेको नेताले सत्तामा पुगेपछि आफैँलाई राजा ठान्ने संस्कार मौलाएकाले यस्ता घटना दोहिरिइरहेका हुन् ।

–नयाँ पत्रिका दैनिकबाट