skip this

सिट बाँडफाँट गर्न गठबन्धनले बैठक राख्दै

837 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं– सत्तारुढ गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपरान्ह ३ बजे गठबन्धन बैठक बस्ने एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँँट गर्न गठित कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले आफ्नो कार्यभार पूरा गर्न नसकेपछि नेतृत्वलाई नै जिम्मेवारी सुम्पिएको छ ।

जस कारण सोमबार गठबन्धनका शीर्षनेताहरुको बैठक बस्न लागेको हो ।

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन दलबीच सिट बाँडफाँट गरेर चुनावमा होमिने तयारी छ । तर, कुन दललाई कति सिट दिने भन्ने विषयमा भने दलहरुबीच सहमति जुट्न सकेको छैन ।

nijgadh-supermart-adz1200-630