skip this farak Kura Pravakar

अम्लेखगञ्जमा हात्तीको आक्रमणबाट एक महिला घाईते

1.99K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको जीतपुरसिमरा २१ अम्मेखगञ्जमा जंगली हात्तीको आक्रमणमा परि एक महिला घाईते भएकी छिन् ।

हात्तीको आक्रमणबाट स्थानीय ५१ वर्षीया रुकैदा खातुन घाईते भएकी हुन् । उनको सिमरास्थित अल्पाईन अस्पतालमा उपचार भईरहेको छ ।

चराएर ल्याएर बाध्ने क्रममा माउतेलाइ हात्तीले आक्रमण गर्याे, उपचारका क्रममा ज्यान गयाे

नेपाल आयल निगम अम्लेखगञ्ज डिपोको पार्किङ पछाडी घाँस काट्न जंगलमा पुगेकी महिलालाई हात्तीले आक्रमण गरेको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) अशोक रामले जानकारी दिए ।

मेयर पौडेल अस्पतालमा
जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल अस्पताल पुगेका छन् । हात्तीको आक्रमणबाट घाईते भएकी महिलाको स्वास्थ्य अवस्था बुझ्न मेयर पौडेल अस्पताल पुगेका हुन् ।

तस्वीरहरु : Ghaर

 

nijgadh-supermart-adz1200-630