skip this

शक्तिकाे आडमा ठगी, बैङ्किङ्ग कसूर सम्बन्धी मुद्दा मिलाउन तुल्सीपुरका मेयर नै अग्रसर

ठगी मुद्दा सम्बन्धि लेनदेन सल्टाउँन सिडियाे र एसपीसगँ निरन्तर वार्ता

2.42K shares
oil-nigam-amlekhgunj-adv.jpeg

रुपन्देही । दाङको तुलसीपुर उपमहानगरपालिकाका मेयरघनश्याम पाण्डेका छोरा ठकेदार अनुप पाण्डे ठगी मुद्दाको जाहेरी परेपछि पक्राउ परेका छन् ।

काठमाडौंमा लुकिछिपी बसेका पाण्डेलाई सिआईबिकाे टाेलिले पक्राउ गरि जिल्ला प्रहरी कार्यलय दाङ ल्याएकाे हाे ।

दाङको घोराही तुलसीपुर चार लेनसड्क निर्माण गर्ने जिम्मा लिएका अष्ट भैरव कन्ट्रक्सन प्रालिका संचालक पाण्डे बिरुद्ध नेकपा एमालेका दाङ जिल्ला कमिटी सदस्य तथा घोराही उपमहानगरपालिकाका इन्चार्ज गेहेन्द्र बस्नेतले जिल्ला प्रहरी कार्यालयमा झन्डै डेढ करोड ठगी गरेको भन्दै उजुरी गरेपछि चेक वाउन्सकाे मुद्दामा अनुप पक्राउ परेका हुन।

सन २०१९ जुलाईबाट सुरु भएकाे निर्माण कार्य २०२० मे सम्म सम्पन्न गर्नु पर्ने थियाे तर कार्य प्रारम्भकाे तीन बर्ष बितिसक्दा पनि सडक निर्माणकाे कार्य भने शून्य अवस्थामै छ ।

पटक पटक म्याद थप गरिरहँदा पनि त्याे समय गुजारिएकाे छ। सवा एक अर्ब रुपैँयाकाे लगानिमा भारतीय एक्जिम बैँककाे सहयाेगमा सडक निर्माण कार्य सुरु भएकाे हाे ।

सडक विस्तारसँगै कालोपत्रे गर्ने जिम्मा पाएको भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रालिले स्थानीय अनुप पाण्डेको अष्टभैरव निर्माण सेवा कम्पनीलाई पेटी ठेक्का दिएको थियो । तर समयमै काम गर्न नसकेपछि भारतीय निर्माण कम्पनिले पाण्डेसँग सम्झौता तोडेको थियो।

तीन बर्ष पहिले सडक निर्माणकाे काम शुरु गरेकाे निर्माण कम्पनिले अहिले सम्म ७ प्रतिशत मात्रै काम गरेकाे छ भने सम्झाैताकाे म्याद आगामी बैशाखमा सकिदै छ । अहिले सड्क निर्माणकाे काम अलपत्र अबस्थामा छ ।

तुलसीपुर उपमहानगरपालिका–१६ निबासी गेहेन्द्र बस्नेतले चारलेन सडक निर्माणको क्रममा आफुले ट्रिपर भाडामा लगाए वापत अष्ट भैरव कन्ट्रक्सन प्रालिको नाममा काटिएको एक करोड ८ लाख रुपैयाँ चेक सटही नभएपछि उजुरी गरे पश्चात् प्रहरीले पाण्डेलाई फागुन २८ गते नियन्त्रणमा लिएर हिरासतमा राखि अनुसन्धान कार्य अगाडि बढाएकाे हाे ।

पाण्डे बिरुद्ध नेकपा एमाले निकट बिभिन्न ब्यक्ति तथा ब्यापारी गरि १६ जनाले यसअघि नै झन्डै ६ करोड ठगी गरेको भन्दै प्रहरी प्रशासनमा ठगी सम्बन्धी उजुरी दिएका छन् । ती बाहेक दुई बर्षदेखि काम गरेको पैसा नपाएका मजदुरका हकमा के हुने हो ? त्यसबारे कुनै छिनोफाने नभएपछि फेरि मजुदर बर्ग भने प्रहरीमा उजुरी दिने तयारीमा लागेका छन् ।

गत माघ १० गते सम्म १६ वटा ठगीका उजुरीलाई जिल्ला प्रशासन कार्यलय दाङले आवाश्यक कार्वाही प्रक्रिया अघि बढाउन भन्दै जिल्ला प्रहरि कार्यलयमा फाइल पठाईसकेकाे प्रमुख जिल्ला अधिकारि हिरालाल रेग्मीले बताए ।

उक्त १६ वटा ठगीकाे निबेदनमा ४ कराेड ४५ लाख ४३ हजार रुपैयाँ बिभिन्न व्याक्तिले पाउनु पर्ने भनिएकाे छ ।

नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका मेयर पाण्डेका छोरा दुई साता देखि प्रहरी हरासतमा अनुसन्धानमै छन्। सुरुमा ७ दिनकाे अनुसन्धानका लागी थुनामा राख्ने अनुमति लिएकाे प्रहरिले फेरी ४ दिनकाे म्याद लिएर थप अनुसन्धान गरिरहेकाे एसपी सुरेश काफ्लेले बताए ।

पछिल्लाे समय मेयर पाण्डे छाेराकाे ठगी मुद्दा सम्बन्धि लेनदेन सल्टाउँन सिडियाे र एसपीसगँ निरन्तर वार्तामा जुटिरहेका छन । अहिले उजुरी कर्ता बस्नेतसंग मेयर पाण्डे र उनका आफन्तले उक्त पैसाको चेक दिएका छन् । यी बाहेक रकम दिनुपर्ने सबै गरि अन्य १५ जनालाई पनि त्यसैगरि मिलाउन मेयर पाण्डे अग्रसर बनिरहेका छन ।

स्रोतका अनुसार यो बीचमा सोनापुर सिमेन्ट उद्योगको साढे दुई करोडको लेनदेनको मुद्दा मेयर पाण्डेले सल्टाइ सकेका छन् । सोना सिमेन्टकै जग्गामा स्टक राखिएको बालुवा गिट्टी र ढुँगा तथा मेसिनरी सामान सिमेन्ट उद्योगलाई दिने सहमति पछि सोना सिमेन्ट उद्योगको तर्फबाट पर्न थालेको ठगी मुद्दा सल्टिएकाे र एक अर्कामा सहमति भएको सिमेन्टका सञ्चालक हरि पाठकले बताए ।

जुन बालुवा, गिट्टी र ढुंगा चार लेन सडकका लागि भनेर तुलसीपुर उपमहानगरकै निर्णय अनुसार खोला तथा पहाडबाट निर्वाध रुपमा उत्खनन् गरिएको थियो ।‘सडकको लागि भनेर क्रसरमा लगेर राखेका बालुवा, गिट्टी ढुँगाहरु ब्यक्तिको ऋण तिर्न प्रयोग गरिनु उचित मान्न सकिदैन,’ एक स्थानिय अधिकारकर्मीले भने ‘ यो त हाम्रो स्रोत साधनको संस्थागत दुरुपयोग र भ्रष्टचार भयो ।’

बिभिन्न व्याक्तिहरुले जिल्ला प्रशासन कार्यलय दाङमा दिएकाे निवेदन उपर प्रहरिले कानुनी कार्वाही प्रक्रिया अघि बढाएकाे र फाईलहरुमा प्रहरीले ठगी र बैकिङ्ग कसुर मुद्धाहरु अलग अलग गर्ने काम गरिरहेकाे र ती सबै निबेदक हरुले व्यवसायी पाण्डेकै नाममा किटानि गरी ठगी गरेकाे भनेर उल्लेख छ ।

चेक दिएकाे तर बैंकमा रकम माैज्दात नभएकाहरुकाे बिषयमा बैकिङ्ग कसुर र अन्य ठगीमा मुद्दा चलाउने तयारि भएकाे एसपी काफ्लेले बताए ।

थप समाचारहरु……

nijgadh-supermart-adz1200-630