skip this farak Kura Pravakar

अपी हाईड्रोपावरसँग घुस खाएर नौगाडका अध्यक्ष प्रेम धामीले पीडितको मुद्दा दबाए ! (काण्ड-३)

*फरक नेपाल डटकम निरन्तर फलोअफमा छ ।

8.88K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । दार्चुला जिल्लाको नौगाड गाउँपालिकामा अपी पावर कम्पनीले दुई वटा हाईड्रोपावरको निर्माण गरिसकेको छ ।

जलविद्युत निर्माणपछि विभिन्न सुविधा पाउने आशा गरेका स्थानीय नौगाड खोला जलविद्युतबाट प्रतिबद्धता अनुसारका सुविधा पाउनुको साटो उल्टै अन्याय तथा उत्पीडनको भारी बोक्न बाध्य भएका छन् ।

गुरुप्रसाद न्यौपानेका छोरा संजिव न्यौपानेले स्थानीय नेता, कर्मचारी र केही ठूला ठालूसँग मिलेर केही स्थानीयलाई सुकुम्बासी बनाएका छन्, भने केहीलाई जलविद्युत निर्माण भएको ८ वर्षसम्म पनि जग्गाको मुअब्जा नै दिएका छैनन् ।

अपी पावर कम्पनीका संचालक गुरुप्रसाद न्यौपानेले नौगाड खोलामै तेस्रो जलविद्युत् निर्माणको तीव्र तयारी गरिरहेका छन् ।

उनले जलविद्युत निर्माण गर्दा स्थानीय जनतामाथि गरेको थिचोमिचोको भने हिसाब गरेर साध्य छैन ।

संजिव न्यौपानेले स्थानीय जनताको श्रमदान र पसिनाले बनाएको सार्वजनिक (मौने खोला) जलविद्युतसमेत कब्जा गर्न नयाँ पत्रिका दैनिकमा सुचनासमेत निकालिसकेका छन् ।

सूचना प्रकाशित गरेकाे प्रमाण

गाउँपालिका अध्यक्ष प्रेम धामीलाई घुस दिएर मुद्दा दबाएको आरोप

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रियपात्र र नेपालको जलमाफियाको आरोप लाग्ने गरेका अपी पावर कम्पनीका संचालक गुरुप्रसाद न्यौपानेले सार्वजनिक स्वामित्वको मौनेखोला जलविद्युत् कब्जा गर्न विभिन्न हतकण्डा अपनाएपछि केही स्थानीयले नौगाड गाउँपालिकाका अध्यक्ष प्रेम धामीलाई गुहारे तर प्रेम धामीले मुद्दालाई नै किनारा लगाउने षड्यन्त्र रचे ।

नेकपा एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष प्रेम धामीले नौगाड गाउँपालिकाको वडा नम्बर ६ साविक धुलिगाडा गाविसको धुलिगाडामा रहेको मौने खोला जलविद्युत् कब्जा गर्न गुरुप्रसाद न्यौपानेले उपभोक्ता तथा शिक्षक बुद्धिजीवीहरुलाई आर्थिक प्रलोभनमा पारेर कब्जा गर्न सुचनासमेत प्रकाशन गरेपछि मौनेखोला सरोकार समितिले नौगाड गाउँपालिकामा उजुरी हाल्यो तर नौगाड गाउँपालिकाका अध्यक्ष प्रेम धामीले मुद्दा दबाउनकै लागि निवेदनको कारबाही प्रक्रिया नै अगाडी बढाएनन् ।

स्थानीय कांग्रेसका एक नेताका अनुसार प्रेम धामीले अपी पावर कम्पनीबाट मोटो रकम घुस खाएरै मुद्दा दबाउन खोजेकाे आरोप लगाएकाे छ ।

उनी भन्छन्, कांग्रेसका केही अपराधिक मनोवृती भएका अराजकहरु र गाउँपालिका अध्यक्ष प्रेम धामीले सामुहिक रुपमा ४० लाख जति घुस खाएको भन्ने पटक पटक सुनेकै हो तर प्रमाण नहुँदा हामी बाहिर बोल्न सक्ने स्थिति भने छैन ।

म पनि कांग्रेस कै नेता हुँ । कांग्रेसले जनताको सम्पत्ति बेच्न दलालहरुसँग घुस खाउ भन्दैन । त्यो पार्टीको नीति विपरितको कुरा हो तर केही लोभी, पापी र अपराधिक मनोवृतिका नेताहरुले कांग्रेसलाई नै बदनाम गर्नका लागि प्रेम धामीसँग मिलेर घुस खाएका रहेछन् । त्यही आडमा जलमाफिया न्यौपानेले मौने खोलालाई निजीकरण गर्न सुचनासमेत निकालेका हुन् ती कांग्रेसका नेताले भने ।

संजिव न्यौपानेले करिब एक करोड ८६ लाख बढी लागत रहेको मौनेखोला जलविद्युत्लाई कब्जा गर्न जलविद्युत् परियोजनाको उपभोक्ता तथा शिक्षक बुद्धिजीवीहरुलाई हस्ताक्षरसमेत गराएको प्रमाण फरक नेपाल डटकमले प्रकाशित गरिसकेको छ ।

याे पनि पढ्नुहाेस्….

nijgadh-supermart-adz1200-630