आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने व्यवस्था तत्काल गर्नुपर्छ – शक्तिबहादुर बस्नेत
वि.सं.२०७९ फागुन ३ बुधवार १३:४१

काठमाडौं, । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले संविधानले आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुने भनिएता पनि निःशुल्न पाइने भनिएका औषधि सरकारी अस्पतालबाट नपाएको हुनाले तत्काल व्यवस्था गर्न माग गरेका छन् । आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बस्नेतले आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने व्यवस्था तत्काल गर्नुपर्ने माग ग।ेका हुन ।
त्यस्तै सांसद सरस्वती सुुब्बाले काठमाडौँ सुकुम्वासीलाई हटाउनुअघि उनीहरुको आवासको हकको सुनिश्चित गर्न माग गरेकी छन् । सांसद सरिता प्रर्साईले किसानले अतिआवश्यक पर्ने मल र बीउ समयमा नपाएको अवस्था भएको हुनाले किसानको समस्याप्रति ध्यान दिन सरकारको ध्यानाकर्षण गराएकी छन् ।
त्यसैगरी सांसद सरिता भुसालले नवलपरासीका उखु किसानले लामो समयदेखि रकम भुक्तानी नभएको जानकारी गराउँदै उक्त किसानको भुक्तानी तत्काल दिन माग गरेकी छन् । सांसद शान्ति चौधरीले बर्दिया, कैलाली, कञ्चनपुरमा सोनाहा जातिलाई आदिवासी र अल्पसङ्ख्यक जातिमा सूचीकृत गर्न माग गरेकी छन् ।
वि.सं.२०७९ फागुन ३ बुधवार १३:४१
















