skip this

विदेशमा ज्यान गुमाएका श्रमिकको शव चाँडै आफन्तलाई बुझाउने व्यवस्था गरियोस्ः योगेन्द्र मण्डल

1.08K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डलले वैदेशिक रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएकाको शव आफन्तलाई चाँडै बुझाउने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । आज बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले विदेशमा ज्यान गुमाएका नेपाली श्रमिकको शव उनका आफन्तले चाँडै पाउने व्यवस्था गर्न माग गरेका हुन् ।

जीवित छँदा उसले पठाएको रेमिट्यान्सप्रति सरकारले गर्व गर्ने गरे पनि वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएपछि बेवास्ता गरेको भन्दै आपत्ति जनाएका उनले अब उप्रान्त वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका नेपाली श्रमिकको शव उनका आफन्तलाई चाँडै बुझाउने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

nijgadh-supermart-adz1200-630