skip this

बागमती प्रदेश प्रमुख शर्माले जारी गरे प्रदेश स्वास्थ्य सेवा अध्यादेश

822 shares
oil-nigam-amlekhgunj-adv.jpeg

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् ।बागमती प्रदेशको प्रदेश मन्त्रिपरिषद्को २७ भदौमा बसेको बैठकको सिफारिसमा अध्यादेश जारी गर्ने व्यवस्थाका लागि ११ असोजमा पेस भएको अध्यादेश प्रमुख शर्माले बुधबार जारी गरेका हुन् ।

अध्यादेशले प्रदेशभित्रको स्वास्थ्य तथा जनसंख्या सेवासम्बन्धी कामकारवाहीलाई प्रभावकारी नियमन गर्न तथा नितीगत निर्देशनका लागि स्वास्थ्यमन्त्रीको अध्यक्षतामा प्रदेश स्वास्थ्य तथा जनसंख्या समिति गठन हुने व्यवस्था गरेको छ ।

त्यस्तै, अध्यादेशले प्रदेश सरकार मातहतका अस्पताल र आयुर्वेद स्वास्थ्य केन्द्रका लागि छुट्टाछुट्टै स्वास्थ्य संस्था सञ्चालन तथा तथा व्यवस्थापन समिति गठन हुने व्यवस्था गरेको छ । अध्यादेशले यसअघिको प्रदेश सरकारबाट जारी ‘प्रदेशभित्रका अस्पतालको सञ्चालन र व्यवस्थापन आदेश, २०७५’ खारेज गरेको छ ।

nijgadh-supermart-adz1200-630