skip this farak Kura Pravakar

बकैया ठाकुर सामुदायिक वन : अन्तिम नामावली प्रकाशन, ४५९ जना मतदाता

591 shares
oil-nigam-amlekhgunj-adv.jpeg

निजगढ-बाराको निजगढ–९ स्थित बकैया ठाकुर सामुदायिक वन उपभोक्ता समुहको आगामी नेतृत्वका लागि हुने निर्वाचनका लागि ४ सय ५९ जना मतदाता कायम भएका छन् ।

निर्वाचन कार्यतालिका अन्तर्गत आज फागुन १५ गते ११ बजेदेखि २ बजेसम्म मतदाता नामावलीमाथि दावी विरोधकाे कार्यतालिका थियाे ।

हजाे प्रकाशित नामावलीमा दावी विरोध नपरेपछि निर्बाचन मण्डलको कार्यालय, निजगढ सव डिभिजन कार्यालयले विहीबार ४ सय ५९ जनाकाे अन्तिम नामावली प्रकाशन गरेकाे हाे ।

उपभोक्ता घरकाे मुलि पुरुष र मुलि मलि महिला दुवैले मतदान गर्न पाउनेछन् । लैङ्गिक समानताका लागि निर्णय प्रकृयामा महिला सुनिश्चितता लागि मुलि पुरुष भएपनि महिलाले पनि मतदानमा सहभागी हुन पाउने निर्वाचन मण्डलका संयाेजक रामजी बजगाइले जानकारी दिएका छन् ।

निर्वाचन कार्यतालिका अनुसार नयाँ नेतृत्वका लागि आज ४ बजेबाट उम्मेदवारीको दरखास्त दर्ता सुरु हुनेछ ।

वन समुहको विधानमा भएको व्यवस्था अनुसार सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष १ जना, उपाध्यक्ष १ जना, सचिव १ (महिला), सह सचिव १, कोषाध्यक्ष १ (महिला) र प्रचलित कानुन बमोजिम कम्तीमा ५० प्रतिशत) सदस्यहरू १२ मध्ये ७ जना महिला सदस्य ५ जना खुल्ला सदस्य गरी जम्मा १७ पदमा निर्वाचन हुने निर्वाचन मण्डलका सदस्य निरज पाखरेलले जानकारी दिए ।

हेर्नुस् मतदाता नामावली :


सूचि हेर्न यहाँ Click गर्नुहाेस् ।



nijgadh-supermart-adz1200-630