बारा १ (क) प्रदेश सभा : एमाले उम्मेदवार चौधरी अग्रता बढाए, कसको कति मत ?
वि.सं.२०७९ मंसिर ८ बिहीवार १०:१०

बारा–बारा क्षेत्र नं. १ (क) प्रदेश सभातर्फ २३ हजार ३ सय ४७ मतगणनामा भएको छ
मतपरिणाम अनुसार एमाले उम्मेदवार त्रिलोकी चौधरीले ७ सय ६५ मतले अग्रता लिएका छन् । उनले ९ हजार ४० मत ल्याएका छन् ।
कांग्रेसका रमेशप्रसाद दंगाल ८ हजार २ सय ७५ मतसहित चौधरीलाइ पछयाइ रहेका छन् ।
तेस्रो स्थानमा राप्रपाका लक्ष्मी साह कलवार छन् । उनले १ हजार ६ सय ९ मत ल्याएका छन् ।
स्वतन्त्र उम्मेदवार शिवनारायण चौधरी (ट्रफि) ९ सय ६७ मतसहित चौथो स्थानमा छन् ।
नागरिक उन्मुक्ति पार्टीबाट राधा चौधरी ६ सय ७४ मतसहित पाँचौ र स्वतन्त्र उम्मेदवार एकबहादुर श्रेष्ठ (जेब्रा) ८ सय ४० मत प्राप्त गरेको छ ।
त्यसैगरि हाम्रो नेपाली पार्टी (लौरो) का भेषबहादुर ढकाल खत्रीले ५ सय ३६ मत, जनमत पार्टीका युवराज मैनाली (लाउड स्पीकर) १ सय ६९, नेपाल सुशासन पार्टीका दामोदर पनुहरले ८४ मत, स्वतन्त्र उम्मेदवार सन्नी लामा (प्रेसर कुकर) ११५ मत, मंगोल नेशनल अर्गानाईजेसनका मदनबहादुर बम्जन (कुखुराको भाले) ले ८७ मत, स्वतन्त्र उम्मेदवार देवराज घिमिरेले (पानीको धारा) ३५ मत प्राप्त गरेका छन् ।
वि.सं.२०७९ मंसिर ८ बिहीवार १०:१०

















