skip this

सत्ता गठबन्धन : बारा ३ लोसपाको भागमा ! जीतेन्द्र सोनल उम्मेदवार ?

3.59K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–सत्ता गठबन्धनको सिट बाँडफाँडमा बारा क्षेत्र नं. ३ जसपाको भागमा परेको थियो । जसपाले सत्तागठबन्धन छाडेपछि त्यो क्षेत्र खाली राखेर सत्तारुढ गठबन्धनले सिट बाँडफाँड गरेका छन् ।

बारा ३ मा गठबन्धनको नयाा घटक लोसपाले पाउने सम्भावना रहेको छ । त्यहाँ पार्टीलाई कसलाई अघि सार्छ भनेर चासोका साथ हेरिएको छ । बारा ३ मा लोसपाले जीतेन्द्र सोनललाई अघि सार्ने सम्भावना छ ।

जीतेन्द्र सोनल मधेसका प्रभावशाली नेतामा पर्छन् । उनी मधेस प्रदेशका पूर्व भौतिक पूर्वाधार मन्त्री हुन् । उनी बारा क्षेत्र नं. ४ ‘ख’ बाट निर्वाचित भएका थिए । उनी २०६४ मा संघीय सांसदबाट निर्वाचित भएका थिए ।

जसपाले निवर्तमान सांसद रामबाबु यादबलाई अघि सार्ने तयारी गरेको छ । एमालेलले सो क्षेत्रबाट ज्वाला साह, अध्यानन्द पाण्डे र एम समिउल्लाको नाम सिफारिस भएको छ । सिफारिसमा परेकी साह एमाले पोलिटब्युरो सदस्य र पाण्डे जिल्ला कमिटी उपाध्यक्ष रहेका छन् ।

ज्वालालाई बारा २ बाट चुनाव लडाउने तयारी पनि भईरहेको छ । माओवादी छाडेर आएकी ज्वालालाई चुनाव लडाउन चाहेको छ । तर त्यहाँ जसपाको पनि दाबी छ । अध्यक्ष उपेन्द्र यादवका विश्वासपात्र रामसहाय यादव यहाँका निवर्तमान संसद हुन् र उनी फेरि चुनाव लड्न चाहन्छन् ।

 

nijgadh-supermart-adz1200-630