बारा १ प्रतिनिधि सभामा कांग्रेसकाे उम्मेदवार उमाकान्त चाैधरी
वि.सं.२०७९ असोज २२ शनिवार १०:०३
2.18K
shares

बारा- नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ ६० निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ ।
शुक्रबार राति बसेको कांग्रेस संसदीय बोर्डको बैठकले ६० निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्ग्याएको एक पदाधिकारीले बताए ।
आज बस्ने संसदीय बोर्डको बैठकले गठबन्धनमा कांग्रेसले पाएका सबै क्षेत्रको उम्मेदवारी टुंगो लगाउने ती पदाधिकारीले बताए ।
सहमति भएअनुसार बारा १ प्रतिनिधि सभामा खानेपानी मन्त्री उमाकान्त चाैधरीलाइ टिकट दिने भएकाे छ । उनी पार्टीका सहमहामन्त्री समेत हुन् ।
२०७४ काे निर्वाचनमा बाम गठबन्धनका उम्मेदवार अच्युत मैनालीलाई पराजित गर्दै चाैधरी निर्वाचित भएका थिए ।
वि.सं.२०७९ असोज २२ शनिवार १०:०३
















