skip this farak Kura Pravakar

बारामा माओवादीको सिट बढ्यो ! एक प्रतिनिधिसभा र दुई प्रदेश सभामा उम्मेदवारी

यी हुन् उम्मेदवार

3.05K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि सत्तारुढ गठबन्धनको नेकपा (माओवादी केन्द्र) ले बारामा एक प्रतिनिधि सभा र दुई वटा प्रदेश सभा निर्वाचनमा सिट पाएको छ ।

बारा क्षेत्र नं. २ मा प्रतिनिधि सभा क्षेत्र र बारा क्षेत्र नं. (क) र क्षेत्र नं. ४ (क) क्षेत्र पाएको हो । यस अघिको सहमतिमा माओवादी प्रतिनिधि सभा विहीन भएको थियो ।

यी हुन् उम्मेदवार

माओवादीले बारा क्षेत्र नं. २ मा प्रतिनिधि सभा क्षेत्रमा शिवचन्द्र कुशवाह, बारा क्षेत्र नं. (क) मा क्षेत्रबहादुर श्रेष्ठ ‘अनिल’ र क्षेत्र नं. ४ (क) मा मुकेश कुशवाहलाई टिकट दिएको छ ।

कुशवाह २०६४ मा संविधान सभा निर्वाचनमा विजयी भएका थिए । श्रेष्ठ २०७० मा संविधान सभा निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए भने साह २०७४ मा कलैया उपमहानगरपालिकाको मेयरमा प्रतिस्पर्धा गरेका थिए ।

nijgadh-supermart-adz1200-630