skip this

मकवानपुर-१ मा कमल थापालाई एमालेले समर्थन गर्ने

1.11K shares
oil-nigam-amlekhgunj-adv.jpeg

हेटौंडा-राप्रपा नेपालका अध्यक्ष कमल थापालाई नेकपा एमालेले समर्थन गर्ने भएको छ । शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली झापा जानुअघि थापासँग भेट गरेका थिए ।

राप्रपा महामन्त्री राजाराम बर्तौलाका अनुसार भेटमा मकवानपुर-१ को प्रतिनिधसभा सदस्यमा एमालेले कमल थापालाई समर्थन गर्ने सहमति भएको छ ।

एमालेले यो क्षेत्रबाट जिल्ला इन्चार्जसमेत रहेका केन्द्रीय सदस्य रामेश्वर रानालाई उम्मेदवार तोकेको थियो । एमालेले थापालाई सूर्य चिह्नबाटै चुनाव लड्न प्रस्ताव गरेको छ । तर राप्रपा नेपालकै चुनाव चिह्न तीर लिएर चुनाव लड्ने विषयमा छलफल भइरहेको महामन्त्री बर्तौलाले बताए ।

एमाले मकवानपुरले थापाको जनमत नभएको भन्दै उनलाई उम्मेदवार बनाउन नहुने भन्दै यसअघि पार्टी अध्यक्ष ओलीकहाँ डेलिगेसन नै गएको थियाे ।

nijgadh-supermart-adz1200-630