skip this farak Kura Pravakar

कलैयाको धर्मनगर स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टर सञ्चालन

नगर प्रमुख राजेश राय यादवले उद्घाटन गरे

2.31K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा । बाराको कलैया उपमहानगरपालिका १२ स्थित धर्मनगर स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टर सञ्चालनमा आएको छ । सेन्टरको कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादवले उद्घाटन गरेका छन् ।

बर्थिंग सेन्टरको उद्वघाटन गर्दै प्रमुख अतिथि यादवले दक्षिणी भेगको नमुना बर्थिङ्ग सेन्टर रहेको र यसको सकारात्मक प्रभाव पर्ने बताए । कलैयाबाट नजिकै रहेको धर्मनगरमा बर्थिङ्ग सेन्टर स्थापनाले धर्मनगर गाउँ र आसपासका जनता लाभान्वित हुने बताए ।

त्यस्तै कार्यक्रम मा बोल्दै वडा नम्बर १२ का वडा अध्यक्ष राजेश्वर प्रसाद केशरीले बर्थिङ्ग सेन्टरले धर्मनगरका स्थानीयबासीलाई फाईदा भएको तथा पहिलो सन्तान पाउने परिवारलाई पाँच हजार पाँच सय रुपैयाँ आफ्नो निजी सहयोग गर्ने बताए ।

वडा अध्यक्ष केशरीको अध्यक्षता मा भएको कार्यक्रममा उप प्रमुख रहिमा खातुन, पूर्व भौतिक राज्यमन्त्री कलावती देवी पासवान, प्रमुख प्रशासकीय अधिकृत नाथु साह, नेपाली काँग्रेस क्षेत्र नम्बर–२ का सभापति एवम् यूवा नेता रामप्रवेश प्रसाद यादव, श्री नेपाल राष्ट्रिय माध्यमिक विधालय धर्मनगरका प्रधानाध्यापक भरतप्रसाद केशरी, धर्मनगर स्वास्थ्य चौकीका ईन्चार्ज सनोज कुमार जयसवाल, सशस्त्र प्रहरी मटिअर्वाका प्रहरी सहायक निरीक्षक चन्द्रबहादुर क्षेत्री सहित स्वयंसेविका, स्थानीयहरुको उपस्थिति रहेको थियो ।

nijgadh-supermart-adz1200-630