skip this

बेनौंली रातभर अशान्त ! स्थिति नियन्त्रण लिन प्रहरीले गर्‍यो पटक–पटक गरि आठ ‘राउन्ड हवाई फायर’

दुई जना घाइते

5.69K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको पचरौता झण्डा मेला लगाउने विषयमा स्थानीयबीच सोमबार राती झडप भएको छ ।

पचरौता नगरपालिका वडा नं.०७ बेनौलीमा गाउँका दुबै पक्ष गरी सैयौं स्थानीयहरू विच मेलाको विषयलाई लिएर वादविवाद भई ढुङ्गा मुढा हनाहान तथा झडप भएको हो ।

प्रहरीले गोली चलायो

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली फायर गरेको छ । झडप भएपछि अवस्था तनावग्रस्त बनेको र केही व्यक्ति घाईते समेत भएकोले झडपलाई समान्य बनाउनको लागि ११ बजे राती हवाई फायर गरेको बारा प्रहरीले जनाएको छ ।

प्रहरीले दुई राउण्ड गोली हवाईफायर गरी भीडलाई तितर बितर पारि अवस्था समान्य बनाईएको थियो । पुनः पहुँने १२ बजे दुबै पक्ष विच एक आपसमा ढुङ्गा मुढा हनाहान हुन थालेपछि पुनः प्रहरीले पाँच राउण्ड र ११ः५५ बजेको समयमा थप १ एक राउण्ड गरी जम्मा आठ राउण्ड गोली हवाईफायर गरी भिडलाई तितर बितर पारि तत्कालको लागि अवस्था समान्य बनाईएको प्रहरीले जनाएको छ ।

झडपमा दुई जना व्यक्तिहरु ढुङ्गा मुढा हनाहानबाट घाईते भएको जनाएको छ । प्रहरीका अनुसार स्थानीय ४० वर्षिया लक्ष्मी पटेल र ४२ वर्षिया चण्डीका पटेल घाईते भएका हुन् ।

nijgadh-supermart-adz1200-630