skip this

भीम रावलले चन्दोदयबाट गरे पहिलो मतदान

978 shares
oil-nigam-amlekhgunj-adv.jpeg

अछाम। नेकपा एमालेका नेता डा.भीम रावलले अछामबाट मतदान गरेका छन् ।उनले अछाम क्षेत्र नम्बर १ मा रहेको चन्दोदय आधारभूत विद्यालयबाट पहिलो मतदान गरेका हुन् ।  रावलले बिहान ७ बजेर २५ मिनेटमा मतदान गरेका हुन् । चिसो मौसम र दलका प्रतिनिधि आउन ढिलो हुँदा यहाँ मतदान प्रक्रिया केही ढिलो सुरु भएको थियो । 

रावलले देश र जनतालाई सम्झेर मतदान गरेको प्रतिक्रिया दिए । यहाँ एमालेबाट झपट बोहरा र गठबन्धनबाट एकीकृत समाजवादीका शेरबहादुर कुँवर प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।

nijgadh-supermart-adz1200-630