भूषण दाहालले लिएको दुर्गा प्रसाईंको अन्तर्वार्ता एपीवान टीभीले रोक्यो ! साझा कथा युट्युबबाट प्रशारण

वि.सं.२०८० मंसिर ६ बुधवार २१:४५

काठमाडौं–एपीवान टीभीले राजसंस्थावादी अभियन्ता दुर्गा प्रसाईंको अन्तर्वार्ता प्रशारणमा रोक लगाएको छ । सो अन्तर्वार्ता वरिष्ठ पत्रकार भूषण दाहालले लिएका थिए ।
दाहालले व्यवस्थापनको हवाला दिएर अन्तर्वार्ता प्रसारण नगरिने जानकारी एपीवान टीभीबाट प्राप्त भएको बताएका छन् । सामाजिक सञ्जालमा उनले अन्तर्वार्ताको क्लीपसहित आफ्नो असन्तुष्टि सार्वजनिक गरेका हुन् ।
उनले लेखेका छन्, ‘वाह ! लोकतन्त्र, ३५ वर्षको मेरो टेलिभिजन यात्रामा पहिलोपटक, बनेर तयार कार्यक्रम हेर्दै नहेरी व्यवस्थापनको हवाला दिँदै प्रसारण नगरिने जानकारी एपी १ एचडी बाट प्राप्त भएकाले खेदपूर्ण रुपमा सम्पूर्ण दर्शकहरुलाई जानकारी गराउँछु ।’
उनले टेलिभिजनले रोकेको कार्यक्रम साझा कथा युट्युबमा आज राति ८ बजे अपलोड गर्ने जानकारी दिएका छन् ।
दाहालले शेयर गरेको भिडिओ फुटेजमा प्रसाईंले नेपालमा अब व्यवस्था परिवर्तन हुने दाबी गरेका छन् ।
उनले भनेका छन्, ‘यो देशमा राजा र प्रधानमन्त्री अब को हुन्छ मलाई थाहा छैन । तर, व्यवस्था परिवर्तन हुन्छ ।

वि.सं.२०८० मंसिर ६ बुधवार २१:४५