skip this farak Kura Pravakar

धमाधम पक्राउ पर्दै बारामा मोटरसाईकल चोरीमा संलग्न

1.23K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बारामा मोटरसाईकल चोरीमा संलग्नहरु धमाधम पक्राउ पर्दै गएका छन् ।

मोटरसाईकल चोरी नियन्त्रणका लागि प्रहरी सक्रिय बनेसंगै केहि दिनयता ११ जना चोरीमा संलग्न प्रहरी नियन्त्रणमा लिएको छ ।

दुई महिनाको अवधिमा ३४ वटा चोरीका मोटरसाईकल पक्राउ गर्न प्रहरी सफल भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रम्ुख प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए ।

दुई महिनाको अवधिमा पक्राउ परेका मध्ये मोटरसाईकल २४ जना धनीलाई बुझाएको छ ।

मोटरसाईकल चोरी समस्याका रुपमा आएको बताउँदै प्रहरी उपरीक्षक बोगटीले बेरोजगार युवाहरु चोरीका घटनामा संलग्न हुने गरेको बताए ।

उनले जिल्लाको एउटा गाउँमा ६१ जना मोटरसाईकल चोरहरु पहिचान भएको र एउटै समुहले एक हप्तामा ६ वटा मोटरसाईकल सम्म चोरी गरिएको पाईएको जानकारी दिए । उनीहरु सामान्य धरौटीमा रिहा भई पुनः चोरी पेशामा संलग्न हुने गरेका समेत जानकारी दिए ।

nijgadh-supermart-adz1200-630